विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन् । ४६ औं विश्व पर्यटन दिवसको अवसरमा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्यटन बोर्डको समन्वयमा शनिबार आयोजना गरेको कार्यक्रममार्फत नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई प्रवाह गरेका छन् । कार्यक्रममा सहभागी सबै सरोकारवालाहरुले पर्यटनलाई दिगो विकासको आधारस्तम्भ बनाउन लागिपर्ने प्रतिवद्धता जनाए ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले निजी क्षेत्रको सहकार्यबिना पर्यटन विकास सम्भव नभएको जनाए । सचिव मैनालीले निजी क्षेत्रका समस्याहरु समाधानका लागि सहजीकरण गर्न मन्त्रालय सधैं तयार रहेको भनाइ राखे । । उनले नीति र कानुनी अड्चन फुकाउन मन्त्रालय सधैं खुला रहेको प्रष्ट पारे । नेपालमा भदौ २४ र २५ गते भएको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा क्षति भए पनि निजी क्षेत्रले उच्च मनोबलका साथ पर्यटन उद्योगलाई उठाउन लागेको देख्दा खुसी लागेको सविव मैनालीको भनाइ थियो ।
मन्त्रालयका सहसचिव इन्दु घिमिरेले छोटो अवधिमा पर्यटनले रिकभरी गरेको उल्लेख गर्दै सरकार व्यवसायीहरूसँगै उभिएको बताइन् । उनले भनिन्,’पर्यटनको रिकभरी सँगसँगै दिगो रुपान्तरणका लागि सबैसँग हातेमालो गर्न आवश्यक छ । पर्यटन क्षेत्र सरकार एक्लैले वा निजी क्षेत्र एक्लैले मात्र पूर्ण नहुने भएकोले सरकार र निजी क्षेत्र सँगसँगै हिँड्न आवश्यक छ । यसका लागि आवश्यक वातावरण तयार गर्न मन्त्रालय प्रतिबद्ध छ।”
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सन् १९८० देखि विश्व पर्यटन दिवस मनाउँदै आइरहेको उल्लेख गर्दै नेपालमा पर्यटक आगमन जेनजी आन्दोलनपछि फेरि रिकभर हुने चरणमा प्रवेश गरेको जनाए । भदौ २४ र २५ गतेको आन्दोलनअघि दैनिक औसत ३३ सय पर्यटक आगमन हुने गरेकोमा आन्दोलनको साता १६ सयमा झरेको थियो भने दोस्रो साता २२ सय पुग्यो र यस साता २९ सय हाराहारीमा पर्यटक आगमन पुगेको जोशीको भनाइथियो । कार्यकारी निर्देशक जोशीले हरेक संकटमा सरकार र निजी क्षेत्र एक भएर पर्यटन पुर्नरुत्थानमा लागेकोले नेपाल सुरक्षित र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायले बुझेको उल्लेख गरे ।
यसैबीच विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान दिने संस्था र व्यक्तिहरूलाई सम्मान गरेको छ । पदयात्रा तथा साहसिक पर्वतीय पर्यटनको विकास, प्रवर्द्धन तथा व्यवस्थापनमा स्थानीय निकायहरुमध्येबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै दार्चुलाको अपि हिमाल गाउँपालिकालाई सम्मान गरिएको छ । त्यसैगरी पदयात्रा तथा साहसिक पर्वतीय पर्यटन विकास, प्रवर्द्धन तथा व्यवस्थापनमा ५० वर्षभन्दा बढी समय आरोहण गाइडका रुपमा काम गरेको भन्दै सोलुखुम्बुका छिरिङ टेण्डी शेर्पालाई सम्मान गरियो ।
यसैगरी पर्वतीय उद्धार कार्यमा योगदान पुर्याएका आङ नोर्बु शेर्पा, केटु हिमालमा विश्व किर्तीमान कायम गर्नेसहित सगरमाथामा ११ पटक र मनास्लुमा ६ पटक आरोहण गरेका सिद्धिबहादुर तामाङ, आन्तरिक नागरिक उड्डयन क्षेत्रबाट रविन्द्र राज पाण्डेय, पर्यटन उद्योगमा उदीयमान नेतृत्वको रुपमा नाटाका अध्यक्ष कुमारमणी थपलिया, पर्यटन पत्रकारको तर्फबाट सबिना कार्कीलगायत १९ वटा विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा नेपाल पर्यटन बोर्ड र गाउँ पर्यटन प्रवर्द्धन मञ्चले प्रकाशन गरेको गाउँ पर्यटन र पहिचान शीर्षकको पुस्तकसमेत विमोचन गरियो ।
पर्यटन र दिगो रुपान्तरण भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायत विभिन्न मन्त्रालयका सहसचिवहरु, पर्यटन मन्त्रालय अन्तर्गतका निकायका प्रमुखहरु, नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका उपाध्यक्ष, पूर्व कार्यकारी सदस्यहरु, कूटनीतिक नियोगका प्रतिनिधिहरु, नेपालको पर्यटन क्षेत्रमा कार्यरत छाता संगठनका अध्यक्षहरु, पूर्व अध्यक्षहरु, कार्यकारी समितिका सदस्यहरु, पर्यटन क्षेत्रका अगुवाहरु, टुरिस्ट पुलिसका प्रमुख, पत्रकार, पर्यटनविद्, पर्यटनकर्मीलगायतको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












