पालुङटारमा नेपाल फाइनान्सको १२ औं शाखा विस्तार
गोरखा । नेपाल फाइनान्सले गोरखाको पालुङटारमा १२ औं शाखा विस्तार गरेको छ ।
निजी क्षेत्रको लगानीमा खुलेको नेपालको पहिलो फाइनान्सले पालुङटारमा १२ औं शाखाको औपचारिक उद्घाटन सञ्चालक समिति सदस्य दिप्रश शाक्यले एक कार्यक्रमकाबीच गरेका हुन् ।
शाखा उद्घाटन कार्यक्रममा संस्थाका संचालक सदस्यहरु दिप्रश शाक्य, राजन प्रजापती र बिकेश शाक्यसहित संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत बिष्णु प्रसाद गौतमका साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पालुङटार उद्योग वाणिज्य संघका अध्यक्ष, विभिन्न स्कुल तथा कलेजका प्राचार्य, स्थानीय बुद्धिजिवी र समाजसेवी लगायत उपस्थित भएका थिए ।
कम्पनीले काठमाडौको कमलादीमा केन्द्रीय कार्यालय सहित न्युरोड, ललितपुरको पुल्चोक र लगनखेल, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया र तिलोत्तमा, नवलपुरको गैंडाकोट, कास्कीको माछापुच्छ्रे, धनुषाको धनुषाधाम र मकवानपुरको हेटौडामा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ । त्यसैगरी काठमाडौंको कान्तिपथ र कालिमाटीमा विस्तारित काउण्टरको सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
नेपाल फाइनान्स निजी लगानीबाट बि.स. २०४९ मा स्थापना भएको कम्पनी हो ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












