६ महिनामा कनेक्ट आइपीएसबाट १२ अर्ब रुपैयाँ राजश्व संकलन
काठमाडौं । अनलाइनबाट राज्यको राजश्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । राजश्व संकलनमा डिजिटल कारोबार कम भएको भनिरहेको बेला चालु आर्थिक वर्षमा भने शतप्रतिशतले वृद्धि भएको छ ।
नेपाल क्लिरिङ हाउस (एनसीएचएल)ले सञ्चालन गरेको कनेक्ट आईपीएसबाट चालु आर्थिक वर्षको ६ महिनामा १२ अर्ब रुपैयाँ राजश्व भुक्तानी भएको छ । गत आर्थिक वर्ष २०७७/७८ भरीमा १२ अर्बको राजश्व भुक्तानी भएको थियो ।
विभिन्न क्षेत्रमा डिजिटल कारोबार बढे पनि राजश्व भुक्तानी भने खासै बढ्न सकेको थिएन । चालु आर्थिक वर्षमा भने गत वर्षकोभन्दा शतप्रतिशत भुक्तानी बढ्ने एनसीएचएलको अनुमान छ ।
यस वर्षको ६ महिनामा राजश्व भुक्तानीका लागि ७ लाख १४ हजार ७४ कोरोबार संख्या भएका छन् । उक्त कारोबार संख्याबाट १२ अर्ब रुपैयाँ भुक्तानी भएको हो ।
एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेषमानसिंह प्रधानले कनेक्ट आइपीएसबाट हुने कारोबारमा शतप्रतिशत वृद्धि भएको बताए ।
‘पछिल्लो ६ महिनामा डिजिटल कारोबारमा उल्लेख्य वृद्धि भएको छ,’ प्रधानले भने, ‘राजश्व संकलनमा यसपाली धेरै प्रगति भएको छ ।’
सरकारलाई बुझाउने करका लागि गतवर्ष ४ लाख ६४ हजार कारोबार भएकोमा अहिले ६ महिनामा ७ लाख कारोबार हुँदै १२ अर्ब रुपैयाँ भुक्तानी भएको छ । अन्य क्षेत्रमा डिजिटल कारोबार बढिरहेको भए पनि राजश्व संकलनमा भने गत वर्षसम्म सरकारलाई बुझाउने कुल राजश्वमध्ये ८ देखि १० प्रतिशतसम्ममात्र भइरहेको थियो ।
‘यसपाली २५ प्रतिशतसम्म राजश्व भुक्तानी अनलाइनबाट हुनसक्ने देखिन्छ,’ प्रधानले भने, ‘यस वर्ष राम्रो सुधार भएको छ ।’
त्यस्तै, २०७५/७६ मा राजश्व संकलनका ४७ हजार ५ सय ३० कारोबार भएको थियो भने २०७६/७७ मा १ लाख ३ हजार ६ सय ७० कारोबार हुँदै ३ अर्ब रुपैयाँ भुक्तानी भएको थियो ।
त्यस्तै, अनलाइनबाट हुने खर्चको कारोबार पनि वृद्धि भएको छ । खर्च कारोबारको लागि गत वर्ष ५९ लाख ३ हजार ३ सय कारोबार हुँदै ६ खर्ब ७० अर्ब रुपैयाँ भुक्तानी भएको थियो भने यस वर्षको ६ महिनामा ४२ लाख १० हजार १ सय ७५ कारोबार संख्यामा ३ खर्ब २ अर्ब रुपैयाँ भुक्तानी भएको छ ।
२०७६/७७ मा ७ लाख २१ हजार ५ सय ५० कारोबार हुँदै २ खर्ब १९ अर्बको खर्चको भुक्तानी भएको छ । त्यस्तै, २०७५/७६ मा १ खर्ब ६६ अर्ब, २०७४/७५ मा ४८ अर्ब र २०७३/७४ मा ३ अर्बको खर्चको कारोबार भएको थियो ।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












