अखिल(क्रान्तिकारी )द्वारा सामुदायीक र सस्थागत विद्यालयलाई ७२ घण्टे अल्टिमेटम
काठमाडौं । अखिल (क्रान्तिकारी) काठमाडौंले संविधानमा व्यवस्था भए अनुरुप शिक्षा व्यवस्थाको कार्यान्वयन गर्नुपर्ने माग गर्दै जिल्ला शिक्षा संन्वयन समितिलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्द विद्यार्थी संगठन अखिल(क्रान्तिकारी )का केन्द्रीय सदस्य एवम काठमाडौं जिल्ला इन्चार्ज यादव ढुंगानाको नेतृत्वमा गएको टोलीले जिल्ला शिक्षा संन्वयन समिती र महानगर शिक्षा भिभागलाइ १६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
अखिल क्रान्तिकारीले कानुनभन्दा बाहिर शुल्क लिने विद्यालयहरुलाई तुरुन्त कारवाही गर्नुपर्ने, सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाका छोराछोरी सोहि विद्यालयमा अध्यापन गराउनुपर्ने, जनअन्दोलन लगायत परिवर्तनकारी आन्दोलनका सहिद ,बेपत्ता र घाइते परिवारका सन्ततिलाई छात्रवृत्तिको व्यवस्था हुनपर्ने लगायतका माग राखेको छ ।
त्यस्तै, विदेशी पाठ्यक्रम ,विदेशी नामाकरण र विदेशी व्यवस्थापन तथा सम्बन्धनबाट संचालित सबै विद्यालयहरु तुरुन्त खारेज हुनपर्ने पत्रमा उल्लेख गरिएको छ ।
अखिल क्रान्तिकारीले यी मागहरु पुरा गर्न ७२ घन्टाको अल्टिमेटम दिएको छ । उक्त समयमा आफ्ना मागहरु पुरा नभए आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिएको छ ।

Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वैशाख २९ गतेभित्र एसइई नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निर्धारित समयसीमाभित्र सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ। बोर्डले...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...












