गगन थापाको झुट:’संसदीय दलको नेता बदल्ने कुरा पार्टी सभापतिबाटै सिकेको हुँ’
कांग्रेस सदीय दलको इतिहास: कोइराला र देउवाबीच चुनावी प्रतिसपर्धा भएकाे छैन
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा गिरिजाप्रसाद कोइरालासँग शेरबहादुर देउवा चुनाव लडेकाे भन्ने झुटो भनाई व्यक्त गरेका छन् ।
आइतबार संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्ताे झुटो अभिव्यक्ती दिएका हुन् ।
उनले भने: संसदीय दलको नेता बदल्ने प्रयास गरिराख्नुपर्छ भन्नेकुरा पार्टी सभापतिबाटै सिकेको हुँ । गिरिजाप्रसाद कोइरालासँग लड्दै गर्दा जसरी शेरबहादुर देउवा थाक्नु भएन, त्यसरी नै लागेको हुँ । सामान्य कुरा हो ।’
नेपाली कांग्रेस सदीय दलको इतिहास वि स २०४८-२०६५ सम्म संसदीय दलको नेता चयन प्रक्रियामा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीच चुनावी प्रतिसपर्धा भएकाे छैन ।
नेपाली कांग्रेस सदीय दल नेता चयनकाे इतिहास
०५१ सालमा गिरिजाप्रसाद कोइरालाले मध्यावधि घोषणा गरेर आएको मत परिणाममा कांग्रेस दोस्रो दल बनेपछि कांग्रेसमा संसदीय दलको नेता गिरिजाप्रसाद कोइरालालाई बन्न नदिने अभ्यास भएको थियो ।
कोइरालालाई सर्वसम्मत उमेदवार बन्न नदिने चिरञ्जीवी वाग्ले, रामचन्द्र पौडेल, ढुण्डीराज शास्त्रीदेखि खुमबहादुर खड्कासम्म आकांक्षीका रुपमा देखिएका थिए ।
त्यसबेला कोइरालाका विकल्पमा शैलजा आचार्यलाई सर्वसम्मत गर्ने प्रयास भए पनि कोइराला नै तयार नभएपछि शेरबहादुर देउवा उमेदवार बन्न पुगे ।
देउवाको उमेदवारीपछि सबैले उमेदवारी फिर्ता लिएर पहिलो पटक उनी सर्वसम्मत दलको नेता चयन भएका थिए । त्यसयताका अधिकांस संसदीय दलका चुनावमा देउवा उमेदवार छन् ।
०५६ सालमा कांग्रेसले चुनावअघि नै कृष्णप्रसाद भट्टराई ‘किशुनजी’लाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेकाले चुनावपछि किशुनजी सर्वसम्मत संसदीय दलको नेता चयन भएका थिए ।
०५८ सालमा ‘होलेरी काण्ड’ मा सरकारी पक्षले ठूलो क्षति बेहोरेको अनि दाङबाट माओवादीले सेनाका हतियार लुटेको घटनापछि गिरिजाप्रसाद कोइरालाले नैतिक रुपमा राजीनामा दिएपछि ०५८ सालमा पुनः संसदीय दलको निर्वाचन भएको थियो ।
कृष्णप्रसाद भट्टराईको समूहबाट देउवालाई उमेदवार बनाउँदा कोइराला समूहबाट सुशील कोइराला उमेदवार थिए ।
तर, गिरिजाप्रसाद कोइरालाले नै देउवाका पक्षमा मत मागेपछि दलको नेतामा निर्वाचित भएका थिए । देउवालाई जिताउनकै लागि त्यसबेला भने कांग्रेस सभापति कोइरालाले गोप्य मतदान गराएका थिए ।
०५९ सालमा देउवाले संसद् विघटन गरेपछि कोइरालाले देउवालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरे ।
त्यसपछि देउवाले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक बनाए ।
गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा भएको आन्दोलनले ०६३ वैशाख ११ मा संसद् पुनःस्थापित भयो । संसद् पुनःस्थापित भएपछि नेपाली कांग्रेस प्रजातान्त्रिकमा देउवा र विजय गच्छदारबीच संसदीय दलमा प्रतिस्पर्धा हुँदा देउवा निर्वाचित भएका थिए ।
०६४ सालको निर्वाचनअघि नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकता भयो ।
अर्थात् नेपाली कांग्रेस प्रजातान्त्रिकको आफ्ना पार्टीका नेताहरुको मात्र व्यवस्थापन हुनेगरी, झन्डा, विधानसहित सबै नेपाली कांग्रेसकै हुने गरी कांग्रेसमा विलय भएको थियो ।
त्यसपछि भएको पहिलो संविधानसभामा कांग्रेस नराम्ररी पराजित भयो । ६०१ सदस्यीय संविधानसभामा कांग्रेस जम्मा ११४ सिटमा सीमित भयो ।
समानुपातिकतर्फबाट सांसद बनेका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेतामा इच्छा नदेखाएपछि शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा भयो । देउवा पौडेलसँग पराजित भए ।
दोस्रो संविधानसभामा कांग्रेस सभापति सुशील कोइराला थिए । उनकै नेतृत्वमा भएको निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्यो । त्यो निर्वाचनपछि कांग्रेस संसदीय दलको निर्वाचन हुँदा सुशील कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भयो । सभापति कोइराला संसदीय दलको नेता हुँदा देउवा पराजित भए ।
०७४ सालमा देउवाकै नेतृत्वमा निर्वाचन भयो । निर्वाचबाट कांग्रेस प्रत्यक्षमा २३ सिटमा खुम्चिदा समानुपातिकको मतले एक चौथाई भन्दा कम मतसहित संसद प्रवेश ग¥यो ।
देउवाले निर्वाचन परिणामको जिम्मा लिनुपर्ने भन्दै पार्टीभित्रैबाट तीव्र आलोचना हुँदा समेत देउवा नै संसदीय दलको नेतामा लडे ।
उनका विरुद्ध प्रकाशमान सिंहलाई उमेदवार बनाइएको थियो । देउवा निर्वाचित हुँदा प्रकाशमान फराकिलो मतान्तरले पराजित भए ।
०७९ सालमा देउवाकै नेतृत्वमा पुनः निर्वाचन भयो । कांग्रेस ५७ प्रत्यक्षतर्फको सिटसहित ८९ सिटमा सीमित भएको छ ।
कांग्रेसले मात्र होइन कांग्रेस नेतृत्वको गठबन्धनको समेत बहुमत नपुगेर अन्य दल जोडेर सरकार बनाउनुपर्ने अवस्था छ ।
देउवा भने त्यसलाई नै आफू उमेदवार बन्नुपर्ने बाध्यताका रुपमा अर्थ्यारहेका छन् । देउवाको समर्थक बसेका कांग्रेसका उपसभापति पुर्णबहादुर खड्का यही परिस्थिति नै देउवा संसदीय दलको नेतामा आउनुपर्ने बाध्यताका रुपमा अर्थ्याउँछन् ।
“संविधानको रक्षा गर्दै अन्य दलको विश्वास लिएर सरकार बनाउनुपर्ने अवस्था छ । देउवासँग अन्य दलहरुलाई पनि विश्वासमा लिएर जाने शासकीय अनुभव छ । त्यसकारण देउवा नै संसदीय दलको नेता बन्नुपर्ने देशको आवश्यकता हो,” खड्काले उमेदवारी दर्ता पनि देउवाका तर्फबाट बोल्ने क्रममा भनेका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












