गगन थापाको झुट:’संसदीय दलको नेता बदल्ने कुरा पार्टी सभापतिबाटै सिकेको हुँ’
कांग्रेस सदीय दलको इतिहास: कोइराला र देउवाबीच चुनावी प्रतिसपर्धा भएकाे छैन
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा गिरिजाप्रसाद कोइरालासँग शेरबहादुर देउवा चुनाव लडेकाे भन्ने झुटो भनाई व्यक्त गरेका छन् ।
आइतबार संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्ताे झुटो अभिव्यक्ती दिएका हुन् ।
उनले भने: संसदीय दलको नेता बदल्ने प्रयास गरिराख्नुपर्छ भन्नेकुरा पार्टी सभापतिबाटै सिकेको हुँ । गिरिजाप्रसाद कोइरालासँग लड्दै गर्दा जसरी शेरबहादुर देउवा थाक्नु भएन, त्यसरी नै लागेको हुँ । सामान्य कुरा हो ।’
नेपाली कांग्रेस सदीय दलको इतिहास वि स २०४८-२०६५ सम्म संसदीय दलको नेता चयन प्रक्रियामा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीच चुनावी प्रतिसपर्धा भएकाे छैन ।
नेपाली कांग्रेस सदीय दल नेता चयनकाे इतिहास
०५१ सालमा गिरिजाप्रसाद कोइरालाले मध्यावधि घोषणा गरेर आएको मत परिणाममा कांग्रेस दोस्रो दल बनेपछि कांग्रेसमा संसदीय दलको नेता गिरिजाप्रसाद कोइरालालाई बन्न नदिने अभ्यास भएको थियो ।
कोइरालालाई सर्वसम्मत उमेदवार बन्न नदिने चिरञ्जीवी वाग्ले, रामचन्द्र पौडेल, ढुण्डीराज शास्त्रीदेखि खुमबहादुर खड्कासम्म आकांक्षीका रुपमा देखिएका थिए ।
त्यसबेला कोइरालाका विकल्पमा शैलजा आचार्यलाई सर्वसम्मत गर्ने प्रयास भए पनि कोइराला नै तयार नभएपछि शेरबहादुर देउवा उमेदवार बन्न पुगे ।
देउवाको उमेदवारीपछि सबैले उमेदवारी फिर्ता लिएर पहिलो पटक उनी सर्वसम्मत दलको नेता चयन भएका थिए । त्यसयताका अधिकांस संसदीय दलका चुनावमा देउवा उमेदवार छन् ।
०५६ सालमा कांग्रेसले चुनावअघि नै कृष्णप्रसाद भट्टराई ‘किशुनजी’लाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेकाले चुनावपछि किशुनजी सर्वसम्मत संसदीय दलको नेता चयन भएका थिए ।
०५८ सालमा ‘होलेरी काण्ड’ मा सरकारी पक्षले ठूलो क्षति बेहोरेको अनि दाङबाट माओवादीले सेनाका हतियार लुटेको घटनापछि गिरिजाप्रसाद कोइरालाले नैतिक रुपमा राजीनामा दिएपछि ०५८ सालमा पुनः संसदीय दलको निर्वाचन भएको थियो ।
कृष्णप्रसाद भट्टराईको समूहबाट देउवालाई उमेदवार बनाउँदा कोइराला समूहबाट सुशील कोइराला उमेदवार थिए ।
तर, गिरिजाप्रसाद कोइरालाले नै देउवाका पक्षमा मत मागेपछि दलको नेतामा निर्वाचित भएका थिए । देउवालाई जिताउनकै लागि त्यसबेला भने कांग्रेस सभापति कोइरालाले गोप्य मतदान गराएका थिए ।
०५९ सालमा देउवाले संसद् विघटन गरेपछि कोइरालाले देउवालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरे ।
त्यसपछि देउवाले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक बनाए ।
गिरिजाप्रसाद कोइरालाकै नेतृत्वमा भएको आन्दोलनले ०६३ वैशाख ११ मा संसद् पुनःस्थापित भयो । संसद् पुनःस्थापित भएपछि नेपाली कांग्रेस प्रजातान्त्रिकमा देउवा र विजय गच्छदारबीच संसदीय दलमा प्रतिस्पर्धा हुँदा देउवा निर्वाचित भएका थिए ।
०६४ सालको निर्वाचनअघि नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकता भयो ।
अर्थात् नेपाली कांग्रेस प्रजातान्त्रिकको आफ्ना पार्टीका नेताहरुको मात्र व्यवस्थापन हुनेगरी, झन्डा, विधानसहित सबै नेपाली कांग्रेसकै हुने गरी कांग्रेसमा विलय भएको थियो ।
त्यसपछि भएको पहिलो संविधानसभामा कांग्रेस नराम्ररी पराजित भयो । ६०१ सदस्यीय संविधानसभामा कांग्रेस जम्मा ११४ सिटमा सीमित भयो ।
समानुपातिकतर्फबाट सांसद बनेका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेतामा इच्छा नदेखाएपछि शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा भयो । देउवा पौडेलसँग पराजित भए ।
दोस्रो संविधानसभामा कांग्रेस सभापति सुशील कोइराला थिए । उनकै नेतृत्वमा भएको निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्यो । त्यो निर्वाचनपछि कांग्रेस संसदीय दलको निर्वाचन हुँदा सुशील कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भयो । सभापति कोइराला संसदीय दलको नेता हुँदा देउवा पराजित भए ।
०७४ सालमा देउवाकै नेतृत्वमा निर्वाचन भयो । निर्वाचबाट कांग्रेस प्रत्यक्षमा २३ सिटमा खुम्चिदा समानुपातिकको मतले एक चौथाई भन्दा कम मतसहित संसद प्रवेश ग¥यो ।
देउवाले निर्वाचन परिणामको जिम्मा लिनुपर्ने भन्दै पार्टीभित्रैबाट तीव्र आलोचना हुँदा समेत देउवा नै संसदीय दलको नेतामा लडे ।
उनका विरुद्ध प्रकाशमान सिंहलाई उमेदवार बनाइएको थियो । देउवा निर्वाचित हुँदा प्रकाशमान फराकिलो मतान्तरले पराजित भए ।
०७९ सालमा देउवाकै नेतृत्वमा पुनः निर्वाचन भयो । कांग्रेस ५७ प्रत्यक्षतर्फको सिटसहित ८९ सिटमा सीमित भएको छ ।
कांग्रेसले मात्र होइन कांग्रेस नेतृत्वको गठबन्धनको समेत बहुमत नपुगेर अन्य दल जोडेर सरकार बनाउनुपर्ने अवस्था छ ।
देउवा भने त्यसलाई नै आफू उमेदवार बन्नुपर्ने बाध्यताका रुपमा अर्थ्यारहेका छन् । देउवाको समर्थक बसेका कांग्रेसका उपसभापति पुर्णबहादुर खड्का यही परिस्थिति नै देउवा संसदीय दलको नेतामा आउनुपर्ने बाध्यताका रुपमा अर्थ्याउँछन् ।
“संविधानको रक्षा गर्दै अन्य दलको विश्वास लिएर सरकार बनाउनुपर्ने अवस्था छ । देउवासँग अन्य दलहरुलाई पनि विश्वासमा लिएर जाने शासकीय अनुभव छ । त्यसकारण देउवा नै संसदीय दलको नेता बन्नुपर्ने देशको आवश्यकता हो,” खड्काले उमेदवारी दर्ता पनि देउवाका तर्फबाट बोल्ने क्रममा भनेका छन् ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












