यौन शक्ति तुरुन्तै बढाउने घरेलु औषधि
अश्वगन्धा : यो यौन शक्ति बढाउने लाभदायक आयुर्वेदिक औषधि हो । वैद्यखानाबाट उत्पादित अश्वगन्धाले यौन शक्ति बढाउनुका साथै शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । शरीरको स्फूर्ति बढाउँछ । सुस्त यौन ईच्छालाई बढाउँछ । अश्वगन्धा बिरामी भएको वा नभएको दुवैले खान सकिन्छ ।
ब्लड प्रेसर भएका व्यक्तिले अश्वगन्धा धेरै समय खाएमा प्रेसर बढ्न सक्छ तर सामान्यतः असर गर्दैन । अश्वगन्धा दिनमा दुई पटक खान सकिन्छ । यो धुलो हुन्छ ।
बाजिकर : यौनशक्ति बढाउने अत्यन्तै प्रभावकारी आर्युवेदिक औषधि हो यो । यसको सेवनले यौन दुर्बलता हटाउँछ । शरीरमा स्फूर्ति ल्याउँछ । बाजिकरमा अश्वगन्धा, मुस्ली, सतवारी तथा कपीकच्छुलगायतका जडिबुटी मिसिएको हुन्छ । यो दिनमा दुई पटकसम्म खान सकिन्छ । एक पटकमा एक चम्चा खान सकिन्छ । यो महिला पुरुष दुनै जनाले खान सकिन्छ । यौन क्षमतामा कमी आयो वा शारीरिक अशक्तता भयो भने बाजिकरको सेवनले फाइदा गर्छ ।
यसले नसा तथा हड्डीलाई बलियोसमेत बनाउँछ । यसमा भिटामिन, खनिज तथा मिनरल्स पनि पाइन्छ । वर्षमा दुई महिनासम्म यसको सेवन गर्दा शरीर मजबुत बनाई यौन क्षमता बढाउँछ । दुई महिनाभन्दा धेरै नखाएकै राम्रो । यसले शरीरलाई न्यानोसमेत गराउँछ । बालाबालिकाको हकमा भने चिकित्सकको सल्लाहविना प्रयोग गर्नुहुँदैन । बच्चा भएको छैन भने यसको सेवनले यौन शक्ति बढाएर बच्चा बस्न सक्छ । वैद्यखानाबाट उत्पादित बाजिकर शक्ति शास्त्रअनुसार नै बनेकाले गुणस्तर राम्रो छ । बाजिकर १० देखि १५ ग्रामसम्म दैनिक दुईपटक दूधमा खान सकिन्छ ।
च्यवनप्राश : च्यवनप्राश आर्युवेदशास्त्रअनुसार नै बनाइन्छ । यसमा ५२ वटा जडिबुटी मिसाइन्छ । तर मुख्यरूपमा रहेका ४२ वटा जडिबुटी भने परिवर्तन गरिँदैन । च्यवनप्राशमा मुख्य अमला मिसाइन्छ । यार्शागुम्बा, पाँचऔँले, कपीकच्छु लगायतका जडिबुटीसमेत मिसाइन्छ । यसले यौन शक्ति बढाउँछन् । अमला काँचो मिसाइन्छ । ओइलाएको अमला राम्रो हँुदैन ।
च्यवनप्राश पनि स्पेशल, सुगर फ्री र जनरल गरी तीन प्रकारका छन् । च्यवनप्राश बिहानबेलुका दैनिक एक—एक चम्चा खान सकिन्छ । स्पेसल च्यवनप्राश १८ वर्षभन्दा कम उमेरकोले नखाएकै राम्रो हुन्छ । १८ भन्दा कमकोले जेनेरल (नर्मल) च्यवनप्राश खानुपर्छ । यौन दुर्बलतासम्बन्धी समस्या आए स्पेसल च्यवनप्राश खान सकिन्छ । स्पेशल च्यवनप्राश धेरै समय ब्लड प्रेसर भएका व्यक्तिले खाएमा प्रेसर बढ्न सक्छ । यसले ठूलो असर भने हुँदैन ।
शिलाजितः यो एक प्रकारको खनिज पदार्थ हो । शिलाजितमा शिलाजित मात्रै हुँदैन । यसमा अन्य विभिन्न किसिमका जडिबुटी पनि मिसाइन्छ । शिलाजितले ब्लडसुगर, ब्लडप्रेसर तथा रगत सफा गर्ने काम गर्छ । शिलाजितको द्रव्य तितो हुने भएकाले यसले ब्लड प्युरीफाई गर्छ । रगतलाई सफा र कन्चन बनाउँछ । ब्लड सफा हुनेबित्तिकै शारीरिक स्फूर्ति बढाउँछ । कोलस्टोर हटाउँछ । ब्लड सर्कुलेसन राम्रो हुनेबित्तिकै शरीर पनि तेज हुन्छ र यौन उत्तेजना बढाउनुका साथै यौन क्षमता पनि बढाउँछ । शिलाजित ५ सय एमजीदेखि एक ग्रामसम्म बिहान बेलुका खान सकिन्छ । गुणस्तरीय शिलाजित पानीमा डुबाउँदा पानीलाई फोहोरा जस्तै माथि फाल्छ ।
Comments
अरु समाचार
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











