यौन शक्ति तुरुन्तै बढाउने घरेलु औषधि
अश्वगन्धा : यो यौन शक्ति बढाउने लाभदायक आयुर्वेदिक औषधि हो । वैद्यखानाबाट उत्पादित अश्वगन्धाले यौन शक्ति बढाउनुका साथै शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ । शरीरको स्फूर्ति बढाउँछ । सुस्त यौन ईच्छालाई बढाउँछ । अश्वगन्धा बिरामी भएको वा नभएको दुवैले खान सकिन्छ ।
ब्लड प्रेसर भएका व्यक्तिले अश्वगन्धा धेरै समय खाएमा प्रेसर बढ्न सक्छ तर सामान्यतः असर गर्दैन । अश्वगन्धा दिनमा दुई पटक खान सकिन्छ । यो धुलो हुन्छ ।
बाजिकर : यौनशक्ति बढाउने अत्यन्तै प्रभावकारी आर्युवेदिक औषधि हो यो । यसको सेवनले यौन दुर्बलता हटाउँछ । शरीरमा स्फूर्ति ल्याउँछ । बाजिकरमा अश्वगन्धा, मुस्ली, सतवारी तथा कपीकच्छुलगायतका जडिबुटी मिसिएको हुन्छ । यो दिनमा दुई पटकसम्म खान सकिन्छ । एक पटकमा एक चम्चा खान सकिन्छ । यो महिला पुरुष दुनै जनाले खान सकिन्छ । यौन क्षमतामा कमी आयो वा शारीरिक अशक्तता भयो भने बाजिकरको सेवनले फाइदा गर्छ ।
यसले नसा तथा हड्डीलाई बलियोसमेत बनाउँछ । यसमा भिटामिन, खनिज तथा मिनरल्स पनि पाइन्छ । वर्षमा दुई महिनासम्म यसको सेवन गर्दा शरीर मजबुत बनाई यौन क्षमता बढाउँछ । दुई महिनाभन्दा धेरै नखाएकै राम्रो । यसले शरीरलाई न्यानोसमेत गराउँछ । बालाबालिकाको हकमा भने चिकित्सकको सल्लाहविना प्रयोग गर्नुहुँदैन । बच्चा भएको छैन भने यसको सेवनले यौन शक्ति बढाएर बच्चा बस्न सक्छ । वैद्यखानाबाट उत्पादित बाजिकर शक्ति शास्त्रअनुसार नै बनेकाले गुणस्तर राम्रो छ । बाजिकर १० देखि १५ ग्रामसम्म दैनिक दुईपटक दूधमा खान सकिन्छ ।
च्यवनप्राश : च्यवनप्राश आर्युवेदशास्त्रअनुसार नै बनाइन्छ । यसमा ५२ वटा जडिबुटी मिसाइन्छ । तर मुख्यरूपमा रहेका ४२ वटा जडिबुटी भने परिवर्तन गरिँदैन । च्यवनप्राशमा मुख्य अमला मिसाइन्छ । यार्शागुम्बा, पाँचऔँले, कपीकच्छु लगायतका जडिबुटीसमेत मिसाइन्छ । यसले यौन शक्ति बढाउँछन् । अमला काँचो मिसाइन्छ । ओइलाएको अमला राम्रो हँुदैन ।
च्यवनप्राश पनि स्पेशल, सुगर फ्री र जनरल गरी तीन प्रकारका छन् । च्यवनप्राश बिहानबेलुका दैनिक एक—एक चम्चा खान सकिन्छ । स्पेसल च्यवनप्राश १८ वर्षभन्दा कम उमेरकोले नखाएकै राम्रो हुन्छ । १८ भन्दा कमकोले जेनेरल (नर्मल) च्यवनप्राश खानुपर्छ । यौन दुर्बलतासम्बन्धी समस्या आए स्पेसल च्यवनप्राश खान सकिन्छ । स्पेशल च्यवनप्राश धेरै समय ब्लड प्रेसर भएका व्यक्तिले खाएमा प्रेसर बढ्न सक्छ । यसले ठूलो असर भने हुँदैन ।
शिलाजितः यो एक प्रकारको खनिज पदार्थ हो । शिलाजितमा शिलाजित मात्रै हुँदैन । यसमा अन्य विभिन्न किसिमका जडिबुटी पनि मिसाइन्छ । शिलाजितले ब्लडसुगर, ब्लडप्रेसर तथा रगत सफा गर्ने काम गर्छ । शिलाजितको द्रव्य तितो हुने भएकाले यसले ब्लड प्युरीफाई गर्छ । रगतलाई सफा र कन्चन बनाउँछ । ब्लड सफा हुनेबित्तिकै शारीरिक स्फूर्ति बढाउँछ । कोलस्टोर हटाउँछ । ब्लड सर्कुलेसन राम्रो हुनेबित्तिकै शरीर पनि तेज हुन्छ र यौन उत्तेजना बढाउनुका साथै यौन क्षमता पनि बढाउँछ । शिलाजित ५ सय एमजीदेखि एक ग्रामसम्म बिहान बेलुका खान सकिन्छ । गुणस्तरीय शिलाजित पानीमा डुबाउँदा पानीलाई फोहोरा जस्तै माथि फाल्छ ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












