नेपालमा डेंगी संक्रमितको संख्या १६ हजार नाघ्यो, धरानमा मात्रै १२ हजारभन्दा बढी
काठमाडाैँ । नेपालमा डेंगी संक्रमितको संख्या १६ हजार नाघेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सन् २०२३ सुरु भएयता १६ हजार २६७ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, डेंगी संक्रमणबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ११ जना सुनसरीको धरान उपमहानगरपालिकाका छन् ।
यो वर्ष डेंगीको संक्रमणबाट सबैभन्दा धेरै धरान प्रभावित भएको पाइएको छ । आइतबारसम्म धरानमा १२ हजार ७८१ जनामा संक्रमण पुष्टि भएको छ । डेंगी संक्रमणको ‘हट स्पट’ बनेको धरानमा केही दिनयता संक्रमण कम हुँदै गएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता बताउँछन् ।
‘केहीअगाडि निकै उग्र रूप लिएको संक्रमण अहिले केही घटेको छ । उपचार केन्द्रमा बिरामीको चाप पनि घट्दै गएको छ,’ उनले भने । केही हप्ताअघि तीव्र रूपमा फैलिएको संक्रमणका कारण धरानमा बेड अभाव हुँदा बिरामीलाई भुईंमा राखेरसमेत उपचार गरिएको थियो । तर, अहिले बिरामीलाई भुईंमै राखेर उपचार गर्नुपर्ने अवस्था भने नभएको मेहताको भनाइ छ ।
‘संक्रमण कम हुँदै गए पनि पूरै निर्मूल भने भइसकेको छैन । डेंगीलाई पूर्ण रूपमा नियन्त्रण गर्न अझै केही समय लाग्ने देखिन्छ । र, असोज महिनासम्म संक्रमण यस्तै अवस्थामा जाने देखिन्छ,’ उनले भने ।
तर, अहिले नै संक्रमण कति फैलिन सक्छ वा कहिलेसम्म रहन्छ भन्न सक्ने अवस्था नभएको कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् । ‘पानी परिरहेको छ । यो अवस्थामा लामखुट्टेको ‘खोज तथा नष्ट’ गर्ने काम कति प्रभावकारी हुन्छ, त्यसमा भर पर्छ,’ दाहालले भने ।
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...












