प्रेस चौतारी नेपालले ‘समृद्धिका लागि संकल्प यात्रा’ विषयक लेखनवृत्ति प्रतियोगिता गर्दै
काठमाडौं । प्रेस चौतारी नेपालले समृद्धिका लागि संकल्प यात्रा विषयमा लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रेस चौतारीको यही मंसिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेश्रो बैठकले सो प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
नेकपा एमालेको पुष्पलाल मध्यपहाडी लोकमार्ग ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ सन्दर्भमा हुने लेखनवृत्ति प्रतियोगिताको लागि केन्द्रीय सदस्य समीर बलामीको संयोजकत्वमा केन्द्रीय सदस्यहरु नरेश भण्डारी, रामचन्द्र प्रजापति, सजिव कालाखेती र अमिर लामा रहेको पाँच सदस्यी समिति गठन गरेको छ ।
मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पौष १७ गते भित्र ‘नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा र पुष्पलाल मध्यपहाडी लोकमार्गले पारेको प्रभाव’ विषयमा रहेर स्टोरी र फिचर लेखि प्रेस चौतारी नेपालको इमेल आईडी [email protected] र [email protected] मा पठाउन आह्वान गरेको छ ।
साथै ९८५११६२३८४ नं. को भाईवर वा वाट्सएपमा समेत लेख पठाउन सकिने प्रेस चौतारीले जनाएको छ । प्रतियोगिताको लागि डा। रघु मैनालीको संयोजकत्वमा देवराज आर्यल र निर्मला शर्मा रहेको तीन सदस्यीय निर्णायक समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीयका साथै १० वटा सान्त्वना लेखहरु छनौट हुने जनाएको छ। प्रथम, द्वितीय र तृतीयलाई क्रमश तीस, बीस र पन्ध्र हजारका साथै सान्त्वनामा तीन हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने संयोजक समीर बलामीले बताएका छन् ।
पुष्पलाल मध्यपहाडी लोकमार्गको वस्तुस्थिती र अवस्था,जनजीवनमा पारेको प्रभाव,पुष्पलाल मध्यपहाडी लोकमार्ग र नेकपा एमालेको सम्बन्ध,नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उद्देश्य,उपलब्धी र अभियानको सविस्तार, पुष्पलाल लोकमार्गले स्थापीत गरेको १० नयाँ शहरहरुको वस्तुस्थिथि र संभाव्यता, पहाडी जिल्लाबाट भइरहेको बढ्दो बसाँई सराई र त्यसले पार्ने प्रभावलगायतका विषयमा खोज तथा अध्ययनमूलक र तथ्याङ्कगत लेख रचना, स्टोरी र फिचरहरु लेख्नु पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
लेख रचना, स्टोरी र फिचर कम्तिमा दुई हजार शब्द र बढिमा पाँच हजार शब्दको हुनुपर्ने र उक्त रचना कुनै पनि संचारमाध्यम वा कहिँकतै प्रकाशित नभएको हुनुपर्ने प्रेस चौतारीले जनाएको छ। आगामी माघ २२ गते प्रेस चौतारी नेपालको स्थापना दिवस पारेर छनौट भएको लेख, स्टोरी र फिचरहरु समावेश स्मारिका प्रकाशन गरी विमोचन गर्नुका साथै विजेताहरु घोषणा गर्दै पुरस्कृत गरिने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बताएका छन् ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












