प्रेस चौतारी नेपालले ‘समृद्धिका लागि संकल्प यात्रा’ विषयक लेखनवृत्ति प्रतियोगिता गर्दै
काठमाडौं । प्रेस चौतारी नेपालले समृद्धिका लागि संकल्प यात्रा विषयमा लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रेस चौतारीको यही मंसिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेश्रो बैठकले सो प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
नेकपा एमालेको पुष्पलाल मध्यपहाडी लोकमार्ग ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ सन्दर्भमा हुने लेखनवृत्ति प्रतियोगिताको लागि केन्द्रीय सदस्य समीर बलामीको संयोजकत्वमा केन्द्रीय सदस्यहरु नरेश भण्डारी, रामचन्द्र प्रजापति, सजिव कालाखेती र अमिर लामा रहेको पाँच सदस्यी समिति गठन गरेको छ ।
मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पौष १७ गते भित्र ‘नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा र पुष्पलाल मध्यपहाडी लोकमार्गले पारेको प्रभाव’ विषयमा रहेर स्टोरी र फिचर लेखि प्रेस चौतारी नेपालको इमेल आईडी [email protected] र [email protected] मा पठाउन आह्वान गरेको छ ।
साथै ९८५११६२३८४ नं. को भाईवर वा वाट्सएपमा समेत लेख पठाउन सकिने प्रेस चौतारीले जनाएको छ । प्रतियोगिताको लागि डा। रघु मैनालीको संयोजकत्वमा देवराज आर्यल र निर्मला शर्मा रहेको तीन सदस्यीय निर्णायक समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीयका साथै १० वटा सान्त्वना लेखहरु छनौट हुने जनाएको छ। प्रथम, द्वितीय र तृतीयलाई क्रमश तीस, बीस र पन्ध्र हजारका साथै सान्त्वनामा तीन हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने संयोजक समीर बलामीले बताएका छन् ।
पुष्पलाल मध्यपहाडी लोकमार्गको वस्तुस्थिती र अवस्था,जनजीवनमा पारेको प्रभाव,पुष्पलाल मध्यपहाडी लोकमार्ग र नेकपा एमालेको सम्बन्ध,नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उद्देश्य,उपलब्धी र अभियानको सविस्तार, पुष्पलाल लोकमार्गले स्थापीत गरेको १० नयाँ शहरहरुको वस्तुस्थिथि र संभाव्यता, पहाडी जिल्लाबाट भइरहेको बढ्दो बसाँई सराई र त्यसले पार्ने प्रभावलगायतका विषयमा खोज तथा अध्ययनमूलक र तथ्याङ्कगत लेख रचना, स्टोरी र फिचरहरु लेख्नु पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
लेख रचना, स्टोरी र फिचर कम्तिमा दुई हजार शब्द र बढिमा पाँच हजार शब्दको हुनुपर्ने र उक्त रचना कुनै पनि संचारमाध्यम वा कहिँकतै प्रकाशित नभएको हुनुपर्ने प्रेस चौतारीले जनाएको छ। आगामी माघ २२ गते प्रेस चौतारी नेपालको स्थापना दिवस पारेर छनौट भएको लेख, स्टोरी र फिचरहरु समावेश स्मारिका प्रकाशन गरी विमोचन गर्नुका साथै विजेताहरु घोषणा गर्दै पुरस्कृत गरिने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बताएका छन् ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...












