सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले महानगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने
काठमाडौं । संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी सङ्घर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समितिले यही माघ १५ देखि २८ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।
समितिका अनुसार यही माघ १५ गतेदेखि कामपालाई ज्ञापनपत्र बुझाउने, माघ १६ मा जनप्रदर्शनसहित महानगरपालिका कार्यालयमा धर्ना तथा घेराउ गर्ने, माघ १७ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिमा आवद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घका अध्यक्ष माया गुरुङले जानकारी दिए ।
उनका अनुसार माघ १८ मा गृह मन्त्रालय, माघ १९ मा प्रधानमन्त्री कार्यालय, माघ २१ मा नेकपा समाजवादी पार्टी कार्यालय, माघ २२ मा नेकपा माओवादी केन्द्र पार्टी कार्यालय, माघ २३ मा नेपाली कांग्रेस पार्टी कार्यालय र माघ २४ घमा नेकपा एमाले पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
सङ्घर्ष समितिले माघ २८ गते व्यापक जनसहभागितासहित थाल, चम्चा ठटाउँदै जुलुस प्रदर्शनसहित महानगरपालिका घेराउ गर्ने कार्यक्रम रहेको समितिमा आवद्ध नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक सङ्गठनका अध्यक्ष कुमार सापकोटाले जानकारी दिए । आन्दोलनका कार्यक्रम घोषणा गर्दै महानगरसमक्ष सातबुँदे माग अघि सारिएको उनको भनाइ थियो ।
महानगरले विभिन्न समयमा व्यवसायीका जफत गरिएका सामान फिर्ता गर्नुपर्ने, महानगरभित्रका सबै वडामा ‘सस्तो बजार’ सञ्चालन गरी सस्तोमा नागरिकले सामान पाउने व्यवस्था गर्नुपर्ने, वैकल्पिक व्यवस्थापन नहुन्जेलसम्म हाल व्यवसाय गरिरहेकै स्थानमा उचित समय निर्धारण गरी व्यवसाय सञ्चालन गर्ने कार्य सुनिश्चित गरिनुपर्नेलगायत माग सङ्घर्ष समितिको छ ।
महानगरमा तत्काल श्रम डेस्क स्थापना गरी स्वरोजगार श्रमिकको आवश्यक सूचीकरणलगायत श्रम व्यवस्थापनसँग सम्बन्धित काम थालनी गर्नुपर्ने, दीर्घकालीन रूपमा समस्या समाधानका लागि प्रमुख वा उपप्रमुखको संयोजकत्वमा सङ्घर्ष समितिमा रहेका ट्रेड युनियनहरूको प्रतिनिधिसहित सरोकारवाला सम्मिलित उच्चस्तरीय अधिकार सम्पन्न व्यवस्थापन कार्यदल तत्काल गठन गर्नुपर्ने, महानगर प्रहरीको धरपकड अविलम्ब बन्द गरिनुपर्ने र स्वरोजगार सडक व्यवसायीलाई करको दायरामा समावेश गरिनुपर्ने माग राखिएको समितिमा आवद्ध राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी सङ्घका अध्यक्ष लिलाबहादुर दाहालले बताए ।
श्रमिक सङ्घका अध्यक्ष गुरुङ व्यवसायीहरूको माग सम्बोधन गर्न चासो नदेखाए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बताए । उनले महानगरसँग लडाइँ गर्नुभन्दा वार्ता गरेर दीर्घकालीन समाधान खोजेको बताए ।
व्यापार श्रमिक सङ्गठनका अध्यक्ष सापकोटाले सडक व्यापारी सधैँ सडकमै बस्न नचाहेको बताए। व्यापार व्यवस्थित गरी महानगरले स्वरोजगार सडक व्यापारीलाई करको दायरामा समावेश गरेर व्यवस्थापन गर्नुपर्ने सापकोटाको माग छ ।
सायी सङ्घका अध्यक्ष दाहालले महानगर प्रहरीले विभिन्न समयमा व्यवसायीका जफत गरिएका सामान फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि सामान लिन जाँदा व्यापारीले सामान नै नपाएको बताएका छन् ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












