पानोरामा टीभीले सुरु गरेको ‘स्पीकर नेपाल’ मा आरिश्या रोक्का प्रथम
काठमाडौं । पानोरमा टेलिभिजनले सुरु गरेको ‘स्पीकर नेपाल ‘ आरिश्या रोक्का हुन सफल हुनु भएको छ । आफूसँग प्रतिस्पधा गर्ने २० जना प्रतिस्पर्धीहरुलाई उछिन्दै लिट्टिल एञ्जल्स स्कुल कक्षा ८ मा अध्ययनरत आरिश्या रोक्का प्रथम हुन सफल हुनु भएको हो ।
रोक्काले आलिसान वर्ल्ड पर्निचरबाट नगद राशी २५ हजार रुपैयाँ प्राप्त गर्नु भएको छ । फाइनल राउण्डमा लिट्टिल एञ्जल्स स्कुल, सेन्ट जेभियर्स स्कुल जावलाखेल, अनल ज्योति स्कुल, ब्राइट फ्यूच्चर स्कुल र नेवा इङ्लिस स्कुलका गरि २० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा ७, ८ र ९ कक्षाका विद्यार्थीहरुले कक्षा–कोठाको महत्व, ज्ञान नै शक्ति हो र नेपालमा कृषिको महत्व विषयमा आफ्नो मन्तव्य दिएका थिए ।
स्पीकर नेपाल कार्यक्रमको यही २०८० साल जेठ महिनादेखि अडिसन राउण्ड सुरु भएको हो । काठमाण्डौं उपत्यकाको करिब २५ वटा विद्यालयहरुले यस कार्यक्रममा सहभागिता जनाएका थिए । अडिसन राउण्डमा रेडियो कान्तिपुरका संचारकर्मी अम्बिका श्रेष्ठ, शिक्षाकर्मी विनोदकुमार शाह र युवा मल्लिका खत्रीले जुरीको भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी क्वालिफाइड राउण्डमा शिक्षाकर्मी विनोदकुमार शाह र युवा मल्लिका खत्री र डा. संगिता जोशीले गर्नु भएको थियो । यसैगरि फाइनल राउण्डमा शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवाल, शिक्षाकर्मी विनोदकुमार शाह र मल्लिका खत्रीले जुरीको भूमिका निर्वाह गर्नु भएको थियो ।
पानोरमा टेलिभिजनका सीईओ तथा अध्यक्ष श्याम तण्डुकारले विद्यार्थीहरुको आत्मविश्वास बढाउने उद्देश्यले स्पीकर नेपालको आयोजना गरिएको जानकारी दिनु भयो । अध्यक्ष तण्डुकार भन्नुहुन्छ, ‘अडिसन राउण्डमा आउँदा र फाइनल राउण्डसम्म आईपुग्दा विद्यार्थीहरुमा निकै निखार आईसकेको छ । स्पीकर नेपाल कार्यक्रमलाई सफल बनाउनको लागि देशभरका प्रिन्सिपलहरुले यो हाम्रो आफ्नै कार्यक्रम हो भन्ने कुरा भित्री मनमा लिनुपर्छ ।’
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











