विद्यार्थी कम भएका सामुदायिक विद्यालय समायोजन
काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ वटा सामुदायिक विद्यालयलाई समायोजन गरेको छ । गाउँ कार्यपालिकाको बैठकले विद्यार्थी सङ्ख्या न्यून भएका १६ वटा विद्यालय समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा बिस्तार निर्णय गरेको हो ।
सोही निर्णयअनुसार विद्यालय समायोजन यसै शैक्षिक सत्रदेखि लागू भएको सानीभेरी गाउँ कार्यपालिकाका प्रवक्ता पहलसिंह घर्तीले जानकारी दिए ।
उनका अनुसार कार्यपालिकाको बैठकले १५ वटा विद्यालयको तह घटुवा तथा कक्षा घटुवा गर्ने निर्णय गर्दा उक वटा विद्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको थियो । सोहीअनुसार बालकल्याण आधारभूत विद्यालय पोखेरोल, कालिका आधारभूत विद्यालयमा शाखा विस्तार भएको छ ।
त्यस्तै शीतल माध्यामिक विद्यालय फक्रैया, बालज्योति माध्यामिक विद्यालय गिठाकोट, सूर्योदय माध्यामिक विद्यालय बेल्टापु र जनज्योति माध्यामिक विद्यालय मेलचौरमा कक्षा ११ र १२ बाट कक्षा १० मा भारिएको छ ।
अन्य चारवटा माध्यामिक विद्यालयलाई तह घटुवा गर्दै आधारभूत तहमा झारिएको छ । ती विद्यालयमा भेरी दोभान माध्यामिक विद्यालय चाइनाबगर, जनप्रिय मावि हासिवाङ, सरस्वती मावि चिन्तु, र शिव मावि काफलबोट छन् ।
भेरी दोभानमा माविमा कक्षा १२ सम्म र अन्य तीन वटा विद्यालयमा १० कक्षा सम्म पढाइ सञ्चालन हुने गरेको थियो । अब भने कक्षा ८ सम्म मात्र पढाइ सञ्चालन हुने गाउँपालिका प्रवक्ता घर्तीले जानकारी दिए । त्यस्तै तीन वटा आधारभूत विद्यालयलाई प्रारम्भिक बाल विकास केन्द्रमा र कक्षा १ देखि पाँचसम्म पढाइ सञ्चालन भएका चार वटा आधारभूत विद्यालयलाई कक्षा ३ सम्म सञ्चालन गर्ने गरी कक्षा घटाएको छ ।
पालिकाभर ४५ वटा सामुदायिक विद्यालय छन् । त्यसमा १६ वटा विद्यालयलाई समायोजन, कक्षा घटुवा, तह घटुवा तथा शाखा बिस्तार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा भूपासिंह विष्टले जानकारी दिए । उनका अनुसार विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधार, शिक्षकको दरबन्दी, विद्यालय–विद्यालयबीचको दुरीलगायतका आधारमा विद्यालय समायोजन तथा तह मिलान गरिएको जनाइएको छ ।
Comments
अरु समाचार
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...
-
जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !
काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन...
-
एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक !
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार...












