राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आइतबारदेखि आयोजित महोत्सवमा सहभागी हुन देशभरबाट ३२ नाटकले प्रतिस्पर्धा गरेकामा ‘सती कलसा’, ‘घरजम’, ‘निब’, ‘नाच नौवरङ्गी नाच’, ‘लासको खेती’ र ‘सिल्भिया’ मञ्चनका लागि छनोटमा परेका थिए । मञ्चन भोलीसम्म जारी रहने छ ।
वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले वरिष्ठ नाट्यकर्मी रिमालले मौलिक नाटकको विकासमा महत्त्वपूर्ण योगदान गरेको स्मरण गरे । उनले सञ्चारमाध्यम धेरै नभएको समयमा रिमालद्वारा स्वरवद्ध गीत नेपाली प्रसारणको इतिहाससँग जोडिने बताए । उनले रिमालको सिर्जना अर्काइभमा सङ्ग्रह गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिष्ठानका सदस्यसचिव सम्राट सापकोटाले नेपाली रङ्गमञ्च विभिन्न कारणले शिथिल हुँदै गएको अहिलेको अवस्थामा महोत्सवले नाट्यकर्मीलाई केही ऊर्जा दिने विश्वास व्यक्त गरे। आगामी दिनमा प्रदेशस्तरीय महोत्सव पनि गरिने जानकारी दिँदै उनले मञ्चलाई सुहाउँदो नाटकमा अभिनय मौलिक, स्वाभाविक र जीवन्त हुनुपर्ने बताए ।
महोत्सवमा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार पुरस्कार प्रदान गरिनेछ । विसं २०६५ मा स्थापना गरिएको प्रतिष्ठानले कला साहित्य, सञ्चार र नाटकका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











