राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आइतबारदेखि आयोजित महोत्सवमा सहभागी हुन देशभरबाट ३२ नाटकले प्रतिस्पर्धा गरेकामा ‘सती कलसा’, ‘घरजम’, ‘निब’, ‘नाच नौवरङ्गी नाच’, ‘लासको खेती’ र ‘सिल्भिया’ मञ्चनका लागि छनोटमा परेका थिए । मञ्चन भोलीसम्म जारी रहने छ ।
वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले वरिष्ठ नाट्यकर्मी रिमालले मौलिक नाटकको विकासमा महत्त्वपूर्ण योगदान गरेको स्मरण गरे । उनले सञ्चारमाध्यम धेरै नभएको समयमा रिमालद्वारा स्वरवद्ध गीत नेपाली प्रसारणको इतिहाससँग जोडिने बताए । उनले रिमालको सिर्जना अर्काइभमा सङ्ग्रह गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिष्ठानका सदस्यसचिव सम्राट सापकोटाले नेपाली रङ्गमञ्च विभिन्न कारणले शिथिल हुँदै गएको अहिलेको अवस्थामा महोत्सवले नाट्यकर्मीलाई केही ऊर्जा दिने विश्वास व्यक्त गरे। आगामी दिनमा प्रदेशस्तरीय महोत्सव पनि गरिने जानकारी दिँदै उनले मञ्चलाई सुहाउँदो नाटकमा अभिनय मौलिक, स्वाभाविक र जीवन्त हुनुपर्ने बताए ।
महोत्सवमा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार पुरस्कार प्रदान गरिनेछ । विसं २०६५ मा स्थापना गरिएको प्रतिष्ठानले कला साहित्य, सञ्चार र नाटकका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











