प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा नियुक्त, आज अपरान्ह पद तथा गाेपनियताकाे सपथ हुने
– सजिव कालाखेतीबाट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज असाेज २० गते सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आज प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । उनी सर्वोच्च अदालतको ३२ औं प्रधानन्यायाधीश हुन् ।
नवनियुक्त प्रधानन्यायाधीश राउतले आजै दिउँसो पद तथा गाेपनियताकाे शपथ ग्रहण लिदैछन् । शपथपछि आज अपरान्ह सर्वाेच्च अदालत पुगेर पदभार ग्रहण गर्नेगरि सर्वोच्च अदालतले तयारी गरिरहेको छ। आजबाट वरिष्ठ न्यायाधीश भएकी सपना प्रधान मल्लले राउतलाई सर्वोच्चमा स्वागत गर्नेछिन् । राउत ०८२ चैत १६ गतेसम्म सर्वोच्च अदालतकाे प्रधानन्यायाधीश रहनेछन् ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठकाे असोज १९ गतेदेखि अवकास पाएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषदको बैठकले राउतलाई गत भदाै ३१ गते प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । प्रधानन्यायाधीशमा सिफारिस भएका राउतकाे नाम गत असोज १६ गते संसदीय सुनुवाई समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएकाे थियाे । सर्वाेच्च अदालतका यसअघिका प्रधानन्यायाधीश श्रेष्ठको गत असाेज १६ गते सर्वोच्च अदालतबाट ओैपचारिक रूपमा बिदाइ भएकाे थियाे ।
काे हुन प्रधानन्यायाधीश राउत ?
२०१७ चैत १८ गते उदयपुर जिल्लामा जन्मिएका राउतले कानुनमा स्नातक गरेका छन। उनी २०३९ सालदेखि कानुन व्यवसायीको रुपमा इजलासमा प्रवेश गरेका थिए। राउतले करिव ३३ वर्ष अर्थात् २०७२ सालम्म वकालत पेसालाई निरन्तरता दिएका थिए। अधिवक्ता र वरिष्ठ अधिवक्ताका रूपमा उनले सर्वोच्च अदालतमा बहसपैरवी गरेका थिए। राउत सर्वोच्च अदालत बार एशाेसिएशन र नेपाल बार एसोसिएसनको अध्यक्षसमेत भएका थिए। राउतले नेपाल बार एसोसिएसनको संवैधानिक समितिको संयोजक भएर पनि काम गरेका थिए। प्रधानन्यायाधीश राउत देवानी, फौजदारी, संवैधानिक कानुन, मुद्दा र रिटमा विशेष दख्खल राख्छन। यसबाहेक राउतसँग विभिन्न निजी एवं सार्वजनिक संस्थाहरूमा कानुनी सल्लाहकारका रूपमा पनि काम गरेको अनुभव छ।
राउत सर्वाेच्च अदालतकाे न्यायाधीशमा २०७३ साउन १७ गते नियुक्त भएका थिए। राउतकाे सर्वाेच्च अदालतमा ०८१ असोज २० देखि ०८२ चैत १७ सम्म नेतृत्व गर्ने छन। सर्वाेच्चमा ८ वर्ष न्यायाधीश हुँदा उनी कुनै पनि विवादमा परेका छैनन। त्यसैले उनलाई न्यायिक क्षेत्रमा “टप अफ द जस्टिक” भनिन्छ। लाेकतान्त्रिक विचार निकट रहेका प्रधानन्यायाधीश राउतलाई अत्यन्तै सकृय,सक्षम,याेग्य,उच्च नैतिकवान,इमानदार ,न्यायिक र अनुभवी प्रधानन्यायाधीश मानिन्छ। उनकाे डेढ वर्षे कार्यकालमा न्यायिक क्षेत्रमा आमूल परिवर्तन हुने अपेक्षा गरिएकाे छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












