हमासका मुख्य नेता सिनवारको हत्या भएपछि विश्व समुदाय आक्रोशित
गाजा । इजरायलले हमास नेता याह्या सिनवार मारेको दाबी गरेसँगै विश्व समुदायको प्रतिक्रिया आउन थालेको छ । इजरायलले डिएनए परिक्षणपछि हमासका मुख्य नेता याह्या सिनवार मारिएको पुष्टि गरे लगत्तै विभिन्न देशले यसबारे प्रतिक्रिया दिन थालेका अन्तराष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । इजरायली सुरक्षा बल आइडीएफले गएराति विज्ञप्ति निकालेर अस्ति बुधवार दक्षिणी गाजामा गरेको आक्रमणमा सिनवार मारिएको दाबी गरेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सिनवारको ज्यान जानु इजरायलीहरूका लागि राहतको क्षण भएको भन्दै छिट्टै प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु र अन्य इजरायली नेताहरूसँग बन्धकहरूको विषयमा छलफल गर्न र यो युद्ध सधैंको लागि अन्त्य गर्नका लागि वार्ता गर्ने बताउनुभएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सिनवारको ज्यान जानु अन्ततः गाजामा युद्ध समाप्त गर्ने मौका भएको बताउनुभएको खबरमा उल्लेख छ ।
जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले सिनवारलाई क्रूर हत्यारा र विद्रोहीको संज्ञा दिँदै हमासको नियन्त्रणमा रहेका सबै बन्धकहरूलाई तुरुन्त रिहा गरि हतियार विसाउनुपर्ने बताउनुभएको छ । फ्रान्साका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि गाजामा हमासले राखेका बन्धकहरुलाई रिहा गर्न आह्वान गर्नुभएको छ ।
इटालीका विदेश मन्त्री एन्टोनियो ताजानीले इजरायलले आत्मरक्षाका लागि हामासका सैन्य नेता मारेको भन्दै अब गाजामा युद्धविराम हुने विश्वास व्यक्त गर्नुभएको छ । वेलायतले विद्रोही नेताले ज्यान गुमाएको भन्दै इजरायललाई बधाई दिएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












