हमासका मुख्य नेता सिनवारको हत्या भएपछि विश्व समुदाय आक्रोशित
गाजा । इजरायलले हमास नेता याह्या सिनवार मारेको दाबी गरेसँगै विश्व समुदायको प्रतिक्रिया आउन थालेको छ । इजरायलले डिएनए परिक्षणपछि हमासका मुख्य नेता याह्या सिनवार मारिएको पुष्टि गरे लगत्तै विभिन्न देशले यसबारे प्रतिक्रिया दिन थालेका अन्तराष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ । इजरायली सुरक्षा बल आइडीएफले गएराति विज्ञप्ति निकालेर अस्ति बुधवार दक्षिणी गाजामा गरेको आक्रमणमा सिनवार मारिएको दाबी गरेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सिनवारको ज्यान जानु इजरायलीहरूका लागि राहतको क्षण भएको भन्दै छिट्टै प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु र अन्य इजरायली नेताहरूसँग बन्धकहरूको विषयमा छलफल गर्न र यो युद्ध सधैंको लागि अन्त्य गर्नका लागि वार्ता गर्ने बताउनुभएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले सिनवारको ज्यान जानु अन्ततः गाजामा युद्ध समाप्त गर्ने मौका भएको बताउनुभएको खबरमा उल्लेख छ ।
जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले सिनवारलाई क्रूर हत्यारा र विद्रोहीको संज्ञा दिँदै हमासको नियन्त्रणमा रहेका सबै बन्धकहरूलाई तुरुन्त रिहा गरि हतियार विसाउनुपर्ने बताउनुभएको छ । फ्रान्साका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि गाजामा हमासले राखेका बन्धकहरुलाई रिहा गर्न आह्वान गर्नुभएको छ ।
इटालीका विदेश मन्त्री एन्टोनियो ताजानीले इजरायलले आत्मरक्षाका लागि हामासका सैन्य नेता मारेको भन्दै अब गाजामा युद्धविराम हुने विश्वास व्यक्त गर्नुभएको छ । वेलायतले विद्रोही नेताले ज्यान गुमाएको भन्दै इजरायललाई बधाई दिएको छ ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
प्रदीप अधिकारी र षडयन्त्रमा सहभागीविरुद्ध मुद्दा दर्ता, अन्यको हकमा प्रमाण पुगेमा फेरि मुद्दा लगिने
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरण...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार...












