नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिनस्वीप
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज ‘क्लिन स्वीप’ गरेको छ । एक खेल अगावै सिरिज उचालेको नेपालले अन्तिम खेलमा आठ विकेटको जित निकाल्दै क्लिन स्वीप गरेको हो ।
अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखले अमेरिकाविरुद्ध अर्धशतक बनाए । ३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन्। कुशल मल्ल र कुशल भुर्तेलको महत्त्वपूर्ण साँझेदारीमा अमेरिकाविरुद्ध नेपालले अन्तिम खेलमा शानदार जित निकालेको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर नेपालविरुद्ध अमेरिकाले १५६ रन बनाएको थियो । पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा सुपर ओभरमा जित हात पारेको हो ।
नेपालविरुद्ध आक्रमक ब्याटिङ गरेका अमेरिकाका साइतेजा मुक्कामल्लाले अर्धशतक बनाएका थिए । उनले ५१ बलको सामना गर्दै पाँच चौका र दुई छक्काको मद्दतमा ६८ रन बनाए । अर्का ब्याट्सम्यान मिलिन्द कुमारले नटआउट ४३ रन जोडेका थिए । ३५ बलको सामना गरेका उनले चार चौका हिर्काए । अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । नेपालका लागि रिजन ढकाल र ललित राजवंशीले एकएक विकेट लिएका थिए ।
तीन खेलमा पाँच विकेट लिएका नेपालका सोमपाल कामीले प्लेयर अफ द सिरिजको उपाधि पाए । उनले यसबाहेक दोस्रो खेलको सुपर ओभरमा नेपालका लागि महत्त्वपूर्ण दुई विकेट लिएर खेल नेपालको पक्षमा पारेका थिए । सिरिजमा नेपालका कुशल भुर्तेल सर्वाधिक रन बनाउन खेलाडी बने । उनले तीन खेलमा १४२ रन बनाए ।
Comments
अरु समाचार
-
पशुपति गौशाला धर्मशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन
काठमाडौं । संस्कृति, पर्यटक तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति गौशाला धर्मशालाको विषयमा यथार्थता अध्ययन गरी प्रतिवेदन पेस गर्न ६ सदस्यीय...
-
विविध कार्यक्रमका साथ जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै
काठमाडौं । विश्वभर शान्ति,एकता,मैत्री र मेलमिलाप प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ वार्षिकोत्सव पर्सी बिहीबार विविध कार्यक्रमका...
-
चालीस रोपनी जग्गामा सयपत्री फूलखेती
काठमाडौं । किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न...
-
सरकारको एकसय दिनः विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास
काठमाडौँ, ६ कात्तिकः देशभित्र उत्पादित बिजुली तेस्रो मुलुक पुर्याउने रणनीतिक महत्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्वपूर्ण काम सरकारको एकसय...
-
मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः मधेस र कोशी प्रदेशबाट सडकमा आश्रित ८४ जना मानवको उद्धार
वीरगञ्ज (पर्सा): मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
-
आजको राशिफल: २०८१ कार्तिक ६ गते मंगलवार
मेष : पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक...
-
कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
काठमाडौं । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय...
-
सुनकोसी पुल बगेपछि व्यापारमा मन्दी
काठमाडौं । गत असोज १२ गते आएको भीषण वर्षासँगैको बाढीले गाईघाट दिक्तेल सगरमाथा सडकमार्ग खण्डको सुनकोसीस्थित फोक्सिङटारको पुल बगाएपछि गाईघाट,...