ताजा समाचार

आज विपक्षी दलहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौं । विपक्षी दलहरुले प्रधानमन्त्री ओलीलाई आज ज्ञापनपत्र बुझाउँने भएका छन् । विपक्षी दलहरू पछिल्लो समय एकै ठाँउमा उभिएका छन् । सरकारका कामकारबाहीका विषयमा समिक्षा बैठक गरेका उनीहरुले सरकारका उच्च अधिकारीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका दलको संयुक्त बैठकले सोमबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । विपक्षीदलका प्रतिनिधिले अपरान्ह साढे ४ बजे प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापनपत्र बुझाउन लागेका हुन् ।

उनीहरुले बाढीपहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराएर अल्पकालीन र दीर्घकालीन योजनासहित पुनःस्थापना र पुनर्निर्माणमा लाग्न सरकारसँग माग गर्ने बताएका छन् ।

माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदलले ज्ञापनपत्रको मस्यौदा बनाएको छ । विज्ञले बेलैमा सचेत गराउँदा पनि सरकारको लापरबाहीले जनधनको ठूलो क्षति भएको प्रतिपक्षीले निष्कर्ष निकालेको छ । ज्ञापनपत्रमा पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरिएको छ ।

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने रास्वपा नेता शिशिर खनालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org