शनिवार राजावादी प्रदर्शन देखिए शुरुमै दमन !
काठमाडाैं । सरकारले राजावादी प्रदर्शन र कुनैपनि गतिविधिमा निर्मम बन्ने निर्णय गरेको छ ।
शुक्रबार काठमाडाैंको तीनकुने र आसपासको क्षेत्रमा राजावादी प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधिका कारण सुरक्षा व्यवस्था मिलाउन प्रहरीले प्रदर्शन देखिए शुरुमै दमन गर्ने रणनीति तयार पारेको हो ।
शुक्रबारको प्रदर्शनको क्रममा दुई जनाको निधन भइसकेको छ भने ट्रमा सेन्टरमा उपचाररत एकजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । यस्तोमा प्रहरीले थप हिंसा भड्किन नदिनका लागि दमनको नीति अख्तियार गरेको बताइएको छ।
‘प्रदर्शनको नाममा हिंसा भड्काउने विषय कानूनको दायराभित्र पर्दैन । प्रदर्शन देखिए शुरुमै निस्तेज पार्ने उपाय अवलम्बन हुन्छ ।’ प्रहरी उच्च स्रोतले भन्यो
राजावादीहरूको प्रदर्शनमा नेपाल प्रहरीका ५३, सशस्त्र प्रहरीका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।
सरकारी र निजी गरी १५ वटा सवारीसाधनमा क्षति पुर्याएका थिए । १४ स्थानमा आगजनी, ९ स्थानमा तोडफोड र एक ठाउँमा लुटपाट भएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै
काठमाडौं । थाइल्याण्डको औपचारीक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागिता जनाएर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्कदै...
-
आज नेपाल बारको निर्वाचन, मिश्र र श्रेष्ठबीच अध्यक्षमा प्रतिस्पर्धा
काठमाडौं । नेपाल बार एशोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको अध्यक्षका लागि आज निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४...
-
काठमाडौं फेरि विश्वकै प्रदूषित, अस्वस्थकर वायु प्रदूषण
काठमाडौं । काठमाडौं उपत्यकामा एक सातादेखि वायु प्रदूषणको स्तर खराब रहँदै आएको छ । वायु गुणस्तर मापन गर्ने कम्पनी आइक्यू...
-
रास्वपाको कार्यबाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको भर्चुअल बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । पार्टी...
-
आजको राशिफल: २०८१ चैत २३ गते शनिबार
मेष: व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका...
-
रवि लामिछाने बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...
-
ओली र मोदीको भेटपछि एमाले महासचिव पोखरेल उत्साहित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि नेकपा एमालेमा महासचिव शंकर पोखरेल उत्साहित देखिएका...
-
रवि र छविलाई थुनामा पठाउने उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको...
-
ओली र मोदी एकान्तमा ३५ मिनेट, हट्ला त सम्बन्धको चिसोपना ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डमा एक्लाएक्लै वार्ता भएको छ । बिमस्टेकको शिखर सम्मेलना...