इंग्ल्याण्डबाट घुम्न आएका पर्यटक मृत भेटिए
धनगढी । कैलालीमा विदेशी नागरिक मृत भेटिएका छन् । इंग्ल्यान्डका ६५ वर्षीय स्पेफन गोर बिहीबार राति बर्दगोरिया गाउँपालिका-४ नोमाबोझीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले गत कात्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बसेका गोर बिहीबार राति साढे ९ बजेको समयमा सुतेको कोठामै मृत भेटिएको बताए ।
डीएसपी सिंहका अनुसार उनी सुतेको कोठाको भित्रबाट चुक्कुल लगाइएको थियो । सोही ठाउँ बस्दै आएकी भारतको तामिलनाडु घर भएकी नेपाली मूलकी चित्राकुमारी बमले बोलाउँदा नबोलेपछि ढोका खोलेर हेर्दा गोर सुतेकै अवस्थामा मृत भेटिएका थिए ।
घटनास्थल कार्य सकेर शव परीक्षणका लागि अस्पताल पठाइने र त्यसपछि शव सम्बन्धित देशमा पठाउने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मृतक गोर र नेपाली मूलकी भारतीय महिला बमका बुवा साथी हुन् ।
घुम्नका लागि टुरिस्ट भिसामा नेपाल आएका उनीहरू कात्तिकदेखि बर्दगोरिया-४ मा छुट्टाछुट्टै घरमा डेरा गरी बस्दै आएका थिए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध के विषयमा भयो मुद्धा दायर ?
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध...












