प्रधानन्यायाधीश राउतले गरे बेलायतको सर्वोच्च अदालतका अध्यक्षसहित शीर्ष भेट
सद्भावना पत्रमा हस्ताक्षर, न्यायिक क्षेत्रमा कोशेढुङ्गा सावित हुने अपेक्षा
काठमाडाैं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बेलायत भ्रमणको क्रममा संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरसँग उनकै कार्यकक्षमा भेटघाट गरेका छन् ।
विश्वमै उदाहरणीय कानूनी अभ्यास गरिरहेको बेलायतको सर्वोच्च अदालतका अध्यक्ष लर्डसँग प्रधानन्यायाधीश राउतको भ्रमण टोलीले भेटेको छ । बेलायत भ्रमणमा प्रधानन्यायाधीश राउतसंगै सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल, विशेष अदालतका न्यायाधीश रीतेन्द्र थापा, उच्च अदालतका न्यायाधीश हेमन्त रावल र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल संलग्न छन् ।
नेपालको न्यायिक क्षेत्रमा कहलिएका न्यायाधीश फुयालसहित विशेष अदालतका रीतेन्द्र र उच्चका हेमन्तसहित रजिष्ट्रार विमल पाैडेल लगायतले बेलायतको न्यायिक अभ्यास र अदालती प्रक्रियाबारे ज्ञान लिएर आफ्नो देशको न्याय क्षेत्रमा योगदान दिन सक्ने विश्वास गरिएको छ। अब्बल र न्यायिक प्रक्रियामा गहिरो दख्खल न्यायाधीशहरु बेलायत भ्रमणबाट विश्वको न्यायिक प्रणालीबारे बुझ्ने र नेपालको न्यायिक प्रणालीलाई थप विश्वासिलो बनाउनेमा लाग्ने विश्वास समेत गरिएको छ।
बेलायतको सर्वोच्च अदालतका अध्यक्षसंगको भेटमा दुई न्यायाधीशीले सद्भावना पत्रमा हस्ताक्षर आदानप्रदान गरे । यो हस्ताक्षरले नेपाल र संयुक्त अधिराज्यको सर्वोच्च अदालतबिच लामो समयदेखिको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । भने न्यायिक कार्यकुशलतामा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
भेटमा प्रधानन्यायाधीश राउतले सर्वोच्चका केहि ऐतिहासिक फैसलाबारे प्रकाश पारेका थिए भने अध्यक्ष लर्डले नेपाल बेलायतबीचको ऐतिहासिक सम्बन्ध र न्यायिक क्षेत्रलाई सहयोगको वचन समेत दिएका थिए ।
सद्भावना पत्रले न्यायिक अधिकारीहरुलाई तालिम, अनुभव आदानप्रदान र न्यायिक क्षेत्रमा सहकार्यको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
उसोतः प्रधानन्यायाधीश राउतले इङ्ग्ल्याण्ड र वेल्सका महिला प्रधानन्यायाधीश ब्यारोनेस कार अफ वाल्टन–अन–द–हेलसँग दुई देशका न्यायिक संयन्त्रबिचको सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए । प्रधानन्यायाधीश राउतले बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलसँग पनि भेट गरेका छन् ।
सोही दिन प्रधानन्यायाधीशसँग इङ्ग्ल्याण्ड र वेल्सको न्यायपालिकाका न्यायाधीश रोबिन नोल्स, लर्ड जस्टिस डिङ्गेमेन्स, अन्तरराष्ट्रिय न्यायिक टोलीका लर्ड जस्टिस स्नोडेन, श्रीमती एडी, एडवर्ड लर्ड गार्नियर, किंग्स कलेज लन्डनका प्रोफेसर जेम्स ली र हाउस अफ कमन्सका सांसद डेभिड स्मिथ जस्ता प्रवुद्ध व्यक्तित्वहरूसँग भेट गरेका थिए ।
बेलायत भ्रमणको क्रममा प्रधानन्यायाधीश राउतले बेलायतको न्यायिक प्रणालीका प्रमुख व्यक्तिहरूसँगको बैठकमा भाग लिएका थिए, जसमा ‘जुडिसियल अपोइन्टमेन्ट कमिस्नर’ तनवीर इकराम, इङ्ग्ल्याण्ड र वेल्सको बार अध्यक्ष श्रीमती बारबरा मिल्स केसी र बार काउन्सिलको अन्तरराष्ट्रिय समितिका अध्यक्ष ह्यु मर्सर केसी पनि रहेका थिए । बैठकमा प्रधानन्यायाधीश राउतले न्यायिक अभ्यासमा बेलायतको कामको प्रसंसा गर्दै सद्भावना पत्रबारे समेत आफ्नो धारणा राखेका थिए ।
यस्तै, बेलायतस्थित नेपाली राजदूत चन्द्रकुमार घिमिरेले प्रधानन्यायाधीश राउत नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा स्वागत समारोह आयोजना गरेका थिए, जसमा बेलायतको सर्वोच्च अदालतका अध्यक्ष लर्डदेखि प्रतिष्ठित व्यक्तिको सहभागीता रहेको थियो ।
गत १ मेमा नेपाली प्रतिनिधिमण्डलले बेलायतको न्यायिक क्षेत्रका प्रमुख व्यक्तित्वहरू ओल्ड बेली (केन्द्रीय फौजदारी अदालत) का एन्थोनी लियोनार्ड केसी र सारा ह्वाइटहाउस साथै इनर टेम्पल इन्टरनेशनल कमिटीका अध्यक्ष किरोन बिल केसीसँग अन्तरक्रिया गरेको थियो । बेलायत भ्रमणको क्रममा प्रतिनिधिमण्डलले दुई देशको न्यायिक प्रणाली र अभ्यासहरूको बारेमा जान्न र अन्तर्दृष्टि आदानप्रदान गर्न स्कटल्याण्डको भ्रमण समेत गरेको छ ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












