प्रधानन्यायाधीश राउतले गरे बेलायतको सर्वोच्च अदालतका अध्यक्षसहित शीर्ष भेट
सद्भावना पत्रमा हस्ताक्षर, न्यायिक क्षेत्रमा कोशेढुङ्गा सावित हुने अपेक्षा
काठमाडाैं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बेलायत भ्रमणको क्रममा संयुक्त अधिराज्यको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीड अफ अल्लरमुइरसँग उनकै कार्यकक्षमा भेटघाट गरेका छन् ।
विश्वमै उदाहरणीय कानूनी अभ्यास गरिरहेको बेलायतको सर्वोच्च अदालतका अध्यक्ष लर्डसँग प्रधानन्यायाधीश राउतको भ्रमण टोलीले भेटेको छ । बेलायत भ्रमणमा प्रधानन्यायाधीश राउतसंगै सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल, विशेष अदालतका न्यायाधीश रीतेन्द्र थापा, उच्च अदालतका न्यायाधीश हेमन्त रावल र सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल संलग्न छन् ।
नेपालको न्यायिक क्षेत्रमा कहलिएका न्यायाधीश फुयालसहित विशेष अदालतका रीतेन्द्र र उच्चका हेमन्तसहित रजिष्ट्रार विमल पाैडेल लगायतले बेलायतको न्यायिक अभ्यास र अदालती प्रक्रियाबारे ज्ञान लिएर आफ्नो देशको न्याय क्षेत्रमा योगदान दिन सक्ने विश्वास गरिएको छ। अब्बल र न्यायिक प्रक्रियामा गहिरो दख्खल न्यायाधीशहरु बेलायत भ्रमणबाट विश्वको न्यायिक प्रणालीबारे बुझ्ने र नेपालको न्यायिक प्रणालीलाई थप विश्वासिलो बनाउनेमा लाग्ने विश्वास समेत गरिएको छ।
बेलायतको सर्वोच्च अदालतका अध्यक्षसंगको भेटमा दुई न्यायाधीशीले सद्भावना पत्रमा हस्ताक्षर आदानप्रदान गरे । यो हस्ताक्षरले नेपाल र संयुक्त अधिराज्यको सर्वोच्च अदालतबिच लामो समयदेखिको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । भने न्यायिक कार्यकुशलतामा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
भेटमा प्रधानन्यायाधीश राउतले सर्वोच्चका केहि ऐतिहासिक फैसलाबारे प्रकाश पारेका थिए भने अध्यक्ष लर्डले नेपाल बेलायतबीचको ऐतिहासिक सम्बन्ध र न्यायिक क्षेत्रलाई सहयोगको वचन समेत दिएका थिए ।
सद्भावना पत्रले न्यायिक अधिकारीहरुलाई तालिम, अनुभव आदानप्रदान र न्यायिक क्षेत्रमा सहकार्यको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
उसोतः प्रधानन्यायाधीश राउतले इङ्ग्ल्याण्ड र वेल्सका महिला प्रधानन्यायाधीश ब्यारोनेस कार अफ वाल्टन–अन–द–हेलसँग दुई देशका न्यायिक संयन्त्रबिचको सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए । प्रधानन्यायाधीश राउतले बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलसँग पनि भेट गरेका छन् ।
सोही दिन प्रधानन्यायाधीशसँग इङ्ग्ल्याण्ड र वेल्सको न्यायपालिकाका न्यायाधीश रोबिन नोल्स, लर्ड जस्टिस डिङ्गेमेन्स, अन्तरराष्ट्रिय न्यायिक टोलीका लर्ड जस्टिस स्नोडेन, श्रीमती एडी, एडवर्ड लर्ड गार्नियर, किंग्स कलेज लन्डनका प्रोफेसर जेम्स ली र हाउस अफ कमन्सका सांसद डेभिड स्मिथ जस्ता प्रवुद्ध व्यक्तित्वहरूसँग भेट गरेका थिए ।
बेलायत भ्रमणको क्रममा प्रधानन्यायाधीश राउतले बेलायतको न्यायिक प्रणालीका प्रमुख व्यक्तिहरूसँगको बैठकमा भाग लिएका थिए, जसमा ‘जुडिसियल अपोइन्टमेन्ट कमिस्नर’ तनवीर इकराम, इङ्ग्ल्याण्ड र वेल्सको बार अध्यक्ष श्रीमती बारबरा मिल्स केसी र बार काउन्सिलको अन्तरराष्ट्रिय समितिका अध्यक्ष ह्यु मर्सर केसी पनि रहेका थिए । बैठकमा प्रधानन्यायाधीश राउतले न्यायिक अभ्यासमा बेलायतको कामको प्रसंसा गर्दै सद्भावना पत्रबारे समेत आफ्नो धारणा राखेका थिए ।
यस्तै, बेलायतस्थित नेपाली राजदूत चन्द्रकुमार घिमिरेले प्रधानन्यायाधीश राउत नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा स्वागत समारोह आयोजना गरेका थिए, जसमा बेलायतको सर्वोच्च अदालतका अध्यक्ष लर्डदेखि प्रतिष्ठित व्यक्तिको सहभागीता रहेको थियो ।
गत १ मेमा नेपाली प्रतिनिधिमण्डलले बेलायतको न्यायिक क्षेत्रका प्रमुख व्यक्तित्वहरू ओल्ड बेली (केन्द्रीय फौजदारी अदालत) का एन्थोनी लियोनार्ड केसी र सारा ह्वाइटहाउस साथै इनर टेम्पल इन्टरनेशनल कमिटीका अध्यक्ष किरोन बिल केसीसँग अन्तरक्रिया गरेको थियो । बेलायत भ्रमणको क्रममा प्रतिनिधिमण्डलले दुई देशको न्यायिक प्रणाली र अभ्यासहरूको बारेमा जान्न र अन्तर्दृष्टि आदानप्रदान गर्न स्कटल्याण्डको भ्रमण समेत गरेको छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












