रविको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईमा सरकारी पक्ष कमजोर बन्ने आशंका किन ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा बुधवार सरकारी पक्षले बहस गर्ने भएका हुन् ।
रवि पक्षका कानून व्यवसायीले मंगलबार बहस सकेपछि बुधवार सरकारी पक्षले प्रतिरक्षा बहस गर्ने भएको हो । तर, सरकारी पक्षको बहस कस्तो बन्ला ? यो चासोका साथ हेरिएको छ ।
महान्यायधिवक्ता रमेश बडाल र नायब महान्यायधिवक्ता टेक बहादुर घिमिरे एकसाता लामो रुस भ्रमणमा निस्किएका छन् । उनीहरु बहसमा सहभागी हुने छैनन भने पहिलो नम्बरका सह-न्यायाधिवक्ता सूर्यराज दाहालले तत्कालीन महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलको पालामा रविलाई क्लिन चिट दिदा दाहालले बहस गरेकाले उनी समेत अहिले यो मुद्दाको बहसमा सहभागी हुने अवस्था छैन् ।
यता, अर्का प्रभावशाली नायब महान्यायधिवक्ता संजीवराज रेग्मी काठमाडाैं बाहिर रहेका छन् । यस्तो स्थितिमा सरकारी पक्षबाट बहस गर्नेमा नायब महान्यायाधिवक्ता लोकराज पराजुली, सहन्यायाधिवक्त्ताहरु ध्रुवकुमार चौहान, दिनेश प्रसाद घिमिरे, गोविन्द खनाल र उपन्यायाधीवक्ता रामप्रसाद पन्थी र बिना दाहाल रहेको महानयायाधीवक्ताको कार्यालयले जनाएको छ ।
मंगलबारदेखि न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ चलिरहेको रविको बन्दी प्रत्यक्षीकरणको रिटमा सरकारी पक्ष कसरी पेश हुन्छ भन्ने आम चासोकाबीच आजै फैसला आउनसक्ने सर्वोच्च स्रोतको दाबी छ ।
‘सरकारले प्रतिरक्षा गर्ने मुद्दामा आफ्नो क्षमता, कानून र यसका विभिन्न आयामहरुलाई लिएर पेश हुने र आफ्ना तर्क राख्ने हो । फैसला त अदालतले न गर्ने हो । सरकारी पक्षले आफ्नो सतप्रतिशत दिन्छ । व्यक्ति को भन्दा पनि अपराध आरोप के भन्ने कुरा नै महत्वपूर्ण हो । व्यक्तिगत रुपमा भन्दा पनि न्यायको पक्षमा वकालत गर्ने कुरा न हो । यसमा शंका र कमजोर हुने भन्ने कुरा रहन्न ।’, एक उच्च अधिकारीले न्यूज नेपालसंग भने ।
रवि अहिले रुपन्देही कारागारमा रहेका छन् । सहकारी ठगी, संगठित अपराध लगायतका आरोपमा उच्च अदालत तुलसीपुर वुटवल इजलासले उनलाई पूर्पक्षकालागि थुनामा पठाउने आदेश दिएपछि रवि कारागार चलान भएका हुन् ।
रवि पूर्पक्षका लागि थुनामा पुगेपछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट लिएर रवि पत्नी निकिता पाैडेल लामिछाने पुगेकी थिइन् । यहि मुद्दामा बुधबार पनि सुनुवाई हुँदैछ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












