रविको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईमा सरकारी पक्ष कमजोर बन्ने आशंका किन ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा बुधवार सरकारी पक्षले बहस गर्ने भएका हुन् ।
रवि पक्षका कानून व्यवसायीले मंगलबार बहस सकेपछि बुधवार सरकारी पक्षले प्रतिरक्षा बहस गर्ने भएको हो । तर, सरकारी पक्षको बहस कस्तो बन्ला ? यो चासोका साथ हेरिएको छ ।
महान्यायधिवक्ता रमेश बडाल र नायब महान्यायधिवक्ता टेक बहादुर घिमिरे एकसाता लामो रुस भ्रमणमा निस्किएका छन् । उनीहरु बहसमा सहभागी हुने छैनन भने पहिलो नम्बरका सह-न्यायाधिवक्ता सूर्यराज दाहालले तत्कालीन महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलको पालामा रविलाई क्लिन चिट दिदा दाहालले बहस गरेकाले उनी समेत अहिले यो मुद्दाको बहसमा सहभागी हुने अवस्था छैन् ।
यता, अर्का प्रभावशाली नायब महान्यायधिवक्ता संजीवराज रेग्मी काठमाडाैं बाहिर रहेका छन् । यस्तो स्थितिमा सरकारी पक्षबाट बहस गर्नेमा नायब महान्यायाधिवक्ता लोकराज पराजुली, सहन्यायाधिवक्त्ताहरु ध्रुवकुमार चौहान, दिनेश प्रसाद घिमिरे, गोविन्द खनाल र उपन्यायाधीवक्ता रामप्रसाद पन्थी र बिना दाहाल रहेको महानयायाधीवक्ताको कार्यालयले जनाएको छ ।
मंगलबारदेखि न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ चलिरहेको रविको बन्दी प्रत्यक्षीकरणको रिटमा सरकारी पक्ष कसरी पेश हुन्छ भन्ने आम चासोकाबीच आजै फैसला आउनसक्ने सर्वोच्च स्रोतको दाबी छ ।
‘सरकारले प्रतिरक्षा गर्ने मुद्दामा आफ्नो क्षमता, कानून र यसका विभिन्न आयामहरुलाई लिएर पेश हुने र आफ्ना तर्क राख्ने हो । फैसला त अदालतले न गर्ने हो । सरकारी पक्षले आफ्नो सतप्रतिशत दिन्छ । व्यक्ति को भन्दा पनि अपराध आरोप के भन्ने कुरा नै महत्वपूर्ण हो । व्यक्तिगत रुपमा भन्दा पनि न्यायको पक्षमा वकालत गर्ने कुरा न हो । यसमा शंका र कमजोर हुने भन्ने कुरा रहन्न ।’, एक उच्च अधिकारीले न्यूज नेपालसंग भने ।
रवि अहिले रुपन्देही कारागारमा रहेका छन् । सहकारी ठगी, संगठित अपराध लगायतका आरोपमा उच्च अदालत तुलसीपुर वुटवल इजलासले उनलाई पूर्पक्षकालागि थुनामा पठाउने आदेश दिएपछि रवि कारागार चलान भएका हुन् ।
रवि पूर्पक्षका लागि थुनामा पुगेपछि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट लिएर रवि पत्नी निकिता पाैडेल लामिछाने पुगेकी थिइन् । यहि मुद्दामा बुधबार पनि सुनुवाई हुँदैछ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











