ट्रम्पलाई इरानको ठाडो चुनौति, अमेरिकाले अब के गर्छ ?
काठमाडाैं । मध्यपूर्वको तनाव थप बढ्ने देखिएको छ । इरान–इजरायल युद्ध थप उग्र बन्दै गएपछि अवस्था खराब हुने संकेत देखिएको हो ।
यहाँ नयाँ समस्या खडा गरिदिएको छ, इरानी सन्देशले । शक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तत्काल युद्ध रोक्न धम्की दिएका थिए । तर, इरानका नेताले डोनाल्ड ट्रम्पलाई चुनौतिपूर्ण सन्देश दिँदै इरानले युद्ध नरोक्ने प्रष्ट बताएका छन् ।
ट्रम्पलाई उल्टै धम्की १
इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले बुधबार एक महत्वपूर्ण सन्देश दिएपछि विश्वयुद्धको औपचारिकता सम्भावनाका विश्लेषण बढेका हुन् । इजरायलले अमेरिकी आडमा ६ दिनदेखि जारी राखेको आक्रमणबीच उनले कडा सन्देश दिएका हुन् । सम्बोधनमा उनले अमेरिका र इसरायललाई तीनवटा मुख्य सन्देश दिएका छन्।
उनले सम्बोधनका क्रममा इरान र अमेरिकाबीच अप्रत्यक्ष रुपमा भइरहेको आणविक वार्ताका क्रममा इजरायलले हमला शुरू गरेको बताए । तर त्यस अवधिमा इरानले कुनै पनि सैन्य वा कठोर प्रतिक्रिया नदिएको उनले खुलाए ।
दोस्रो सन्देशमा खामेनीले अमेरिकालाई चेतावनी दिँदै चेतावनी इरानले आत्मसमर्पण नगर्ने बताए । अमेरिकी सैन्य हस्तक्षेपले अपूरणीय क्षति पु¥याउने पनि उनले चेतावनी दिए ।
तेस्रो सन्देशमा उनले अमेरिका आफैं युद्धमा संलग्न हुनु इजरायलको कमजोरीको संकेतका रूपमा व्याख्या गरेका छन् । खामेनीले इजरायली आक्रमणबाट पीडित इरानी नागरिकहरूलाई ऐक्यबद्धताको सन्देश पनि दिएका छन्।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












