लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउन्डेशन एलबीइएफ का ३५ जना विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन एपीयुमा शैक्षिक तथा सांस्कृतिक भ्रमण सम्पन्न गरेका छन्।
पाँच दिने भ्रमणका क्रममा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय शैक्षिक वातावरणको अनुभव गर्न पाएका थिए भने प्रविधि र नवप्रवर्तनमा आधारित तालिमहरूमा सहभागिता जनाएका थिए । एपीयु भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न शैक्षिक क्रियाकलापहरूमा भाग लिएका थिए ।
भ्रमणले नेपाल–मलेसिया बिचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन सहयोग पुर्याएको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई पंकज जालानले बताए ।
प्रशिक्षण सत्र, सांस्कृतिक आदानप्रदान कार्यक्रम, आइस ब्रेकिङ गतिविधि र युनिभर्सिटी अवलोकन जस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अन्तरक्रियात्मक सिकाइको अनुभव दिलाएको उनको भनाइ छ ।
नेपाली विद्यार्थीहरूले आफ्ना संस्कृति प्रस्तुत गर्दा मलेसियाका विद्यार्थीहरूले पनि आफ्नो परम्परागत प्रस्तुति पस्केका थिए ।
शैक्षिक कार्यक्रम बाहेक विद्यार्थीहरूले पेट्रोनास ट्विन टावर, बटु केभ्स, केएल टावर, इन्डिपेन्डेन्स स्क्वायर, जेन्टिङ हाईल्याण्ड्स, राजदरबार र पुत्रजया सहित मलेसियाका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गरेका थिए।
भ्रमणले विद्यार्थीहरूमा विश्वव्यापी सोच विकास गर्ने, अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने तथा विविध संस्कृतिको सम्मान गर्ने भावना जगाउने उद्देश्य राखेको जालानको भनाइ छ । भविष्यमा पनि यस्ता अन्तर्राष्ट्रिय भ्रमण तथा सहकार्यलाई निरन्तरता दिने उनले बताए ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध के विषयमा भयो मुद्धा दायर ?
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध...












