लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउन्डेशन एलबीइएफ का ३५ जना विद्यार्थीले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन एपीयुमा शैक्षिक तथा सांस्कृतिक भ्रमण सम्पन्न गरेका छन्।
पाँच दिने भ्रमणका क्रममा विद्यार्थीहरूले अन्तर्राष्ट्रिय शैक्षिक वातावरणको अनुभव गर्न पाएका थिए भने प्रविधि र नवप्रवर्तनमा आधारित तालिमहरूमा सहभागिता जनाएका थिए । एपीयु भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न शैक्षिक क्रियाकलापहरूमा भाग लिएका थिए ।
भ्रमणले नेपाल–मलेसिया बिचको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन सहयोग पुर्याएको लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष ई पंकज जालानले बताए ।
प्रशिक्षण सत्र, सांस्कृतिक आदानप्रदान कार्यक्रम, आइस ब्रेकिङ गतिविधि र युनिभर्सिटी अवलोकन जस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अन्तरक्रियात्मक सिकाइको अनुभव दिलाएको उनको भनाइ छ ।
नेपाली विद्यार्थीहरूले आफ्ना संस्कृति प्रस्तुत गर्दा मलेसियाका विद्यार्थीहरूले पनि आफ्नो परम्परागत प्रस्तुति पस्केका थिए ।
शैक्षिक कार्यक्रम बाहेक विद्यार्थीहरूले पेट्रोनास ट्विन टावर, बटु केभ्स, केएल टावर, इन्डिपेन्डेन्स स्क्वायर, जेन्टिङ हाईल्याण्ड्स, राजदरबार र पुत्रजया सहित मलेसियाका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण गरेका थिए।
भ्रमणले विद्यार्थीहरूमा विश्वव्यापी सोच विकास गर्ने, अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गर्ने तथा विविध संस्कृतिको सम्मान गर्ने भावना जगाउने उद्देश्य राखेको जालानको भनाइ छ । भविष्यमा पनि यस्ता अन्तर्राष्ट्रिय भ्रमण तथा सहकार्यलाई निरन्तरता दिने उनले बताए ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...











