ताजा समाचार

माधव र रविलाई बोकेर माओवादी तंग्रिन सक्दैनः खिलाबहादुर भण्डारी

काठमाडाैं । माओवादी केन्द्रका नेता खिलाबहादुर भण्डारीले पार्टीमा समस्या आउनुका दुई कमजोरी औैल्याएका छन् ।

प्रेस काउन्सिलको सदस्य समेत रहिसकेका पत्रकार भण्डारीले माओवादी केन्द्रले दुई कमजोरी गर्दा पार्टीालाई क्षति पुगेको दाबी गरेका छन् । \

सामाजिक सञ्जालमा भण्डारीले दुई कमजोरीको रुपमा अख्तियारले माधव नेपाललाई पतञ्जली जग्गाको भ्रष्टाचारमा मुद्दा दायर गरेपनि बोकि हिड्ने र सहकारी ठगी आरोपमा पूर्पक्षका लागि थुनामा रहेक रवि लामिछानेलई बोक्नु नै ठूलो कमजोरी रहेको दाबी गरेका हुन् ।

माओवादी केन्द्रले दुई गल्ति गर्दा पार्टीको धरातल कमजोर बन्दै गएको जिकिर गरेका छन् । भ्रष्टाचारविरोधि काममा लाग्ने दाबी गर्दै आएका प्रचण्ड र माओवादी केन्द्रले दुई गल्ति गरेको भन्दै सार्वजनिक रुपमै प्रश्न उठ्न थालेको देखिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org