आफ्नो पार्टीका मन्त्रीले गरेको राम्रो कामको प्रशंसा गर्नु , ८४ रुख बाहेक अरु चिन्हमा भोट हाल्नु पर्दैनः महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था नआउने बताएका छन् ।
बारा सदरमुकाम कलैयामा आज आयोजित नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धनका कारण विगतमा साइकल, मसाल, कलममा भोट हाल्ने बाध्यता सिर्जना भए पनि विसं २०८४ मा हुने आमनिर्वाचनमा त्यस्तो अवस्था नआउने बताए ।
महामन्त्री शर्माले देशको हरेक परिवर्तनमा अतुल्नीय योगदान रहेको कांग्रेसको चुनाव चिन्हमा मत हाल्न जनता आतुर रहेको भन्दै अब कसैसँग कुनै प्रकारको गठबन्धन नगरी पार्टीले नै चुनाव लड्ने बताए ।
उनले ०८४ मा पार्टीले बहुमतको सरकार बनाउने गरी अहिलेदेखि नै जनताको पक्षमा काम गर्नुपर्ने उनको भनाइ थियो । “जहिले पनि कांग्रेस देश विकास, समृद्धि, डण्डहिनताको अन्त्य, विधिको शासन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेन्टी गराउन पूर्ण प्रतिबद्ध छ । आगामी आमनिर्वाचनपछि आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर ती प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्छ । त्यसैले फुटेर होइन जुटेर अगाडि बढौँ”, महामन्त्री शर्माले भने ।
हाल हाल गठबन्धन सरकारमा रहेका आफ्ना मन्त्रीहरूले गरेका राम्रा कामबारे बढीभन्दा बढी प्रचार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । महामन्त्री शर्माले पार्टीले सहमति, सहकार्य र एकताको सन्देश दिने र त्यसका लागि आगामी २०८३ सालमा महाधिवेशन हुने धारणा राखे ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












