आफ्नो पार्टीका मन्त्रीले गरेको राम्रो कामको प्रशंसा गर्नु , ८४ रुख बाहेक अरु चिन्हमा भोट हाल्नु पर्दैनः महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेकाले आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था नआउने बताएका छन् ।
बारा सदरमुकाम कलैयामा आज आयोजित नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धनका कारण विगतमा साइकल, मसाल, कलममा भोट हाल्ने बाध्यता सिर्जना भए पनि विसं २०८४ मा हुने आमनिर्वाचनमा त्यस्तो अवस्था नआउने बताए ।
महामन्त्री शर्माले देशको हरेक परिवर्तनमा अतुल्नीय योगदान रहेको कांग्रेसको चुनाव चिन्हमा मत हाल्न जनता आतुर रहेको भन्दै अब कसैसँग कुनै प्रकारको गठबन्धन नगरी पार्टीले नै चुनाव लड्ने बताए ।
उनले ०८४ मा पार्टीले बहुमतको सरकार बनाउने गरी अहिलेदेखि नै जनताको पक्षमा काम गर्नुपर्ने उनको भनाइ थियो । “जहिले पनि कांग्रेस देश विकास, समृद्धि, डण्डहिनताको अन्त्य, विधिको शासन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेन्टी गराउन पूर्ण प्रतिबद्ध छ । आगामी आमनिर्वाचनपछि आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर ती प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्छ । त्यसैले फुटेर होइन जुटेर अगाडि बढौँ”, महामन्त्री शर्माले भने ।
हाल हाल गठबन्धन सरकारमा रहेका आफ्ना मन्त्रीहरूले गरेका राम्रा कामबारे बढीभन्दा बढी प्रचार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । महामन्त्री शर्माले पार्टीले सहमति, सहकार्य र एकताको सन्देश दिने र त्यसका लागि आगामी २०८३ सालमा महाधिवेशन हुने धारणा राखे ।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...












