मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै
काठमाडाैं । मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानी समस्यालाई समाधान गर्न मधेश प्रदेश सरकारले वारुणयन्त्रमार्फत खानेपानी वितरण सुरु गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसँग रहेको आठ वटा वारुणयन्त्रहरु खानेपानी संकटबाट अति प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति गर्न बुधबार बिहानैदेखि पठाएको छ ।
एउटा वारुणयन्त्रमा एक पटकमा ५ हजार लिटर गरी ८ वटामा ४० हजार लिटर खानेपानी भरेर पानी अभाव भएको क्षेत्रमा आपुर्तिका लागि पठाइएको हो । प्रदेशभरी खानेपानी समस्या रहेको स्थानहरुमा यी वारुणयन्त्रहरु २४ सौं घण्टा परिचालित रहने मुख्यमन्त्री सतिश सिंहले बताए। प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गरि सक्दो खानेपानीको अभाव न्यूनीकरण गर्न लागि प्रयास गरिराखेको छ । यसमा स्थानीय तह र संघीय सरकारको पनि सक्दो सहयोगको अपेक्षा छ ,’ मुख्यमन्त्री सिंहले भने ।
खानेपानी लिएर हिडेको वारुणयन्त्रको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी नेपाली सेनाले लिएको छ । यसअघि प्रदेश सरकारले वन कार्यालयको तीनवटा ट्यांकर खानेपानी आपूर्ति गर्न परिचालित गरिसकेको छ । त्यसैगरी नेपाली सेनाबाट समेत सातवटा ट्यांकर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको छ ।
सुख्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशवासीहरुको समस्या समाधान गर्न सरकारले मंगलबार संघीय सरकार, स्थानीय सरकार र मानवीय सहायतामा क्रियाशील दातृ निकायहरुसँग समेत छलफल र बैठक गरेको छ । सबैको समन्वयमा साधनस्रोतहरुको अधिकतम प्रयोग गरि हालका लागि खानेपानी समस्याको निराकरणमा प्रदेश सरकार लागि परेको मुख्यमन्त्री सिंहले बताए ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












