मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै
काठमाडाैं । मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानी समस्यालाई समाधान गर्न मधेश प्रदेश सरकारले वारुणयन्त्रमार्फत खानेपानी वितरण सुरु गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिबाट निर्णय गरी प्रदेश सरकारसँग रहेको आठ वटा वारुणयन्त्रहरु खानेपानी संकटबाट अति प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति गर्न बुधबार बिहानैदेखि पठाएको छ ।
एउटा वारुणयन्त्रमा एक पटकमा ५ हजार लिटर गरी ८ वटामा ४० हजार लिटर खानेपानी भरेर पानी अभाव भएको क्षेत्रमा आपुर्तिका लागि पठाइएको हो । प्रदेशभरी खानेपानी समस्या रहेको स्थानहरुमा यी वारुणयन्त्रहरु २४ सौं घण्टा परिचालित रहने मुख्यमन्त्री सतिश सिंहले बताए। प्रदेश सरकारले आफ्नो स्रोत साधन परिचालन गरि सक्दो खानेपानीको अभाव न्यूनीकरण गर्न लागि प्रयास गरिराखेको छ । यसमा स्थानीय तह र संघीय सरकारको पनि सक्दो सहयोगको अपेक्षा छ ,’ मुख्यमन्त्री सिंहले भने ।
खानेपानी लिएर हिडेको वारुणयन्त्रको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी नेपाली सेनाले लिएको छ । यसअघि प्रदेश सरकारले वन कार्यालयको तीनवटा ट्यांकर खानेपानी आपूर्ति गर्न परिचालित गरिसकेको छ । त्यसैगरी नेपाली सेनाबाट समेत सातवटा ट्यांकर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको छ ।
सुख्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशवासीहरुको समस्या समाधान गर्न सरकारले मंगलबार संघीय सरकार, स्थानीय सरकार र मानवीय सहायतामा क्रियाशील दातृ निकायहरुसँग समेत छलफल र बैठक गरेको छ । सबैको समन्वयमा साधनस्रोतहरुको अधिकतम प्रयोग गरि हालका लागि खानेपानी समस्याको निराकरणमा प्रदेश सरकार लागि परेको मुख्यमन्त्री सिंहले बताए ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











