ताजा समाचार

आज प्रधानमन्त्रीले सम्बोधन नगर्ने, प्रश्नउत्तर भने हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज सङ्घीय संसद्को प्रतिनिधिसभालाई हुने भनिएको सम्बोधन स्थगित भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई गर्ने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको हो ।

कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नउत्तर भने यथावत् रहेको मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org