राष्ट्रिय गाैरवका आयोजनामा अनुगमन र प्रगति विवरण संकलन तीब्र, कुँवरले बढाए सक्रियता
काठमाडाैं । राष्ट्रिय गाैरवका आयोजनामा भइरहेको ढिला सुस्तीलाई तीब्रता दिन प्रधानमन्त्री केपी ओलीले कार्यकालको शुरुवातदेखि नै विशेष अनुगमन र प्रगति विवरण संकलनमा जोड दिन थालेका छन् ।
प्रधानमन्त्री ओलीका प्रमुख निजी सचिव बिनोद कुँवरको नेतृत्वमा कोशी प्रदेश पुगेर काँकडभिट्टादेखि इटहरी र कञ्चनपुरसम्म निर्माणधीन सडक खण्डहरूको स्थलगत अनुगमनका साथै छलफल गरेको हो ।
कुँवरको नेतृत्वमा गएको टोलीले इलाम, झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाका डिभिजन प्रमुखहरूसँग इटहरीमा छलफल गरेको हो । छलफलमा आयोजनाका रेकर्ड, आवश्यकता र चुनौतीहरु बारे जानकारी लिइएको थियो।
‘निर्माण सामाग्रीको अभाव समन्वय कसरी गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान गएको छ । नयाँ आर्थिक वर्षको शुरुकै दिनदेखि छिटो टेण्डर प्रक्रियामा लैजान समेत पहल थालेका छाैं । सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यूबाट निर्देशन भएबमोजिम नै सक्रियता बढाएका छाैं । नतिजा र परिणामका निम्ति आवश्यक समन्वय र पहलका लागि कुनै कसर बाँकी नराखि काम गर्छाैं, कुवँरले न्यूज नेपालसंग भने ।
डिभिजन प्रमुखहरूले आयोजनालाई प्राकृतिक स्रोतसाधन जस्तै माटो र गिट्टीको आवश्यकता रहेको बताएको कुँवरले जानकारी दिएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई सफल बनाउनका लागि अग्रसर रहेका कुँवर प्रधानमन्त्री कार्यालयमा लामो समयदेखि कार्यरत रहेपनि इमान्दार र विकासप्रेमी अधिकारीको रुपमा चिनिने गरेका छन् । प्रधानमन्त्रीको विदेश भ्रमण हुँदा समेत जान मरिहत्ते नगर्ने कुँवरको मुलुकमा विकास निर्माणका काममा खट्ने गरेको समेत बताइन्छ ।
प्रधानमन्त्री कार्यालयको टोलीले एसियन हाइवेको काम तोकिएको समयमै सम्पन्न हुने अपेक्षा गरेको बताएको छ । यो आयोजना थाइल्यान्डको बैंककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ।
एशियाली विकास बैंकको आर्थिक सहयोगमा गत माघ १९ गतेदेखि सडक निर्माण कार्य सुरु भएको यो आयोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसको कुल अनुमानित लागत ३० करोड अमेरिकी डलर रहेको छ। ठेक्का लागेको ९५.७६ किलोमिटर सडक खण्डनिर्माणाधीन अवस्थामा छ ।
जनतालाई प्रत्यक्ष प्रभाव पार्ने राष्ट्रिय महत्वका आयोजनाहरुमध्ये हरेक महिना एक सयवटा आयोजनाको प्रगति विवरण संलकन गर्ने गरिएको प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।
अनुगमनको क्रममा प्रगति विवरण संकलन, गरिने र यसले आयोजनाको प्रगति, निर्माण साग्रीको उपलब्धता, अन्य व्यवस्थापनका विषय पहिचानमा समेत सहज हुने बताइएको छ ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











