राष्ट्रिय गाैरवका आयोजनामा अनुगमन र प्रगति विवरण संकलन तीब्र, कुँवरले बढाए सक्रियता
काठमाडाैं । राष्ट्रिय गाैरवका आयोजनामा भइरहेको ढिला सुस्तीलाई तीब्रता दिन प्रधानमन्त्री केपी ओलीले कार्यकालको शुरुवातदेखि नै विशेष अनुगमन र प्रगति विवरण संकलनमा जोड दिन थालेका छन् ।
प्रधानमन्त्री ओलीका प्रमुख निजी सचिव बिनोद कुँवरको नेतृत्वमा कोशी प्रदेश पुगेर काँकडभिट्टादेखि इटहरी र कञ्चनपुरसम्म निर्माणधीन सडक खण्डहरूको स्थलगत अनुगमनका साथै छलफल गरेको हो ।
कुँवरको नेतृत्वमा गएको टोलीले इलाम, झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाका डिभिजन प्रमुखहरूसँग इटहरीमा छलफल गरेको हो । छलफलमा आयोजनाका रेकर्ड, आवश्यकता र चुनौतीहरु बारे जानकारी लिइएको थियो।
‘निर्माण सामाग्रीको अभाव समन्वय कसरी गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान गएको छ । नयाँ आर्थिक वर्षको शुरुकै दिनदेखि छिटो टेण्डर प्रक्रियामा लैजान समेत पहल थालेका छाैं । सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यूबाट निर्देशन भएबमोजिम नै सक्रियता बढाएका छाैं । नतिजा र परिणामका निम्ति आवश्यक समन्वय र पहलका लागि कुनै कसर बाँकी नराखि काम गर्छाैं, कुवँरले न्यूज नेपालसंग भने ।
डिभिजन प्रमुखहरूले आयोजनालाई प्राकृतिक स्रोतसाधन जस्तै माटो र गिट्टीको आवश्यकता रहेको बताएको कुँवरले जानकारी दिएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई सफल बनाउनका लागि अग्रसर रहेका कुँवर प्रधानमन्त्री कार्यालयमा लामो समयदेखि कार्यरत रहेपनि इमान्दार र विकासप्रेमी अधिकारीको रुपमा चिनिने गरेका छन् । प्रधानमन्त्रीको विदेश भ्रमण हुँदा समेत जान मरिहत्ते नगर्ने कुँवरको मुलुकमा विकास निर्माणका काममा खट्ने गरेको समेत बताइन्छ ।
प्रधानमन्त्री कार्यालयको टोलीले एसियन हाइवेको काम तोकिएको समयमै सम्पन्न हुने अपेक्षा गरेको बताएको छ । यो आयोजना थाइल्यान्डको बैंककबाट सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्नेछ।
एशियाली विकास बैंकको आर्थिक सहयोगमा गत माघ १९ गतेदेखि सडक निर्माण कार्य सुरु भएको यो आयोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसको कुल अनुमानित लागत ३० करोड अमेरिकी डलर रहेको छ। ठेक्का लागेको ९५.७६ किलोमिटर सडक खण्डनिर्माणाधीन अवस्थामा छ ।
जनतालाई प्रत्यक्ष प्रभाव पार्ने राष्ट्रिय महत्वका आयोजनाहरुमध्ये हरेक महिना एक सयवटा आयोजनाको प्रगति विवरण संलकन गर्ने गरिएको प्रधानमन्त्रीको कार्यालयले बताएको छ ।
अनुगमनको क्रममा प्रगति विवरण संकलन, गरिने र यसले आयोजनाको प्रगति, निर्माण साग्रीको उपलब्धता, अन्य व्यवस्थापनका विषय पहिचानमा समेत सहज हुने बताइएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











