ऊर्जासचिव र मन्त्रीको स्वार्थमा विद्युत विकास विभागमा जिवछ महानिर्देशक, ऊर्जा व्यवसायीमा तनाव
काठमाडाैं । ऊर्जामन्त्री दीपक खड्काले आफ्ना स्वार्थका काम गराउनका लागि जिवछ मण्डललाई फेरि विद्युत विकास विभागको महानिर्देशक बनाएका छन् ।
२०८० माघ २३ मा तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले महानिर्देशक बनाएपनि २०८१ साउन २१ गते ऊर्जामन्त्रीमा आएका दीपक खड्काले पदबाट हटाएका थिए ।
खड्काले नविनराज सिंहबाट आफूले चाहेको काम हुन नसकेपछि मण्डललाई फेरि महानिर्देशक बनाएका हुन् । खड्का र मण्डलबीच स्वार्थका निम्ति काम गर्ने आन्तरिक सम्झाैता भएको स्रोतको दाबी छ ।
अहिलेसम्म आफू सबै परीक्षामा लेखेरै पास भएको र अब्बल हुँ भन्दै न्यूज नेपालसंगको सम्पर्कमा आएका उनले हटाउने र नियुक्त गर्ने काम एकैमन्त्रीबाट किन भयो भन्दा कार्यालयमै आएर सल्लाह गर्न भने । उनले आफू अत्यन्तै काबिल र क्षमतावान रहेको भन्दै आफ्ना राम्रा कुरा समेत लेखिदिन अपिल गरे । तर, ऊर्जामन्त्री खड्काले खोलामा झोलाको व्यापार र केहि रहस्यमयी निर्णय पारित गराउनका निम्ति उनलाई विभागको महानिर्देशक बनाएको स्रोतको दाबी छ ।
उसोतः अहिले मण्डल ऊर्जा सचिव सुरेश आचार्य र मन्त्री खड्कालाई प्रभावित पार्दै डीजी बनेका हुन् । तत्कालीन एक ऊर्जा सचिवले उनलाई मन्त्रालय समेत छिर्न नदिएको स्रोतको दाबी छ ।
ऊर्जासचिव आचार्यले मण्डललाई ल्याएर ऊर्जा व्यवसायीमा त्रास फैलाउने र अशुली धन्दा नै चलाउने षडयन्त्र गर्न खोजेको आरोप समेत लागेको छ । आचार्यले मण्डललाई अब्बलको पगरी लगाउदै महानिर्देशक बनाएपनि यसमा मन्त्री खड्काको समेत स्वार्थ जोडिएपछि थप सहज बनेको हो । मन्त्री खड्का पछिल्लो समय नेपाल विद्युत प्राधिकरणसंग समेत चरम असन्तुष्ट रहेको बताइन्छ । आफै हाइड्रो व्वयसायी रहेका खड्काले मन्त्रालयमा सचिवदेखि सबै कर्मचारीको सेट नै बसालिरहेका छन् । यसैको निरन्तरता स्वरुप मण्डल महानिर्देशक बन्न पुगेको स्रोतको दाबी छ ।
मण्डल भने यस अघि नियमित सीइओ नआउँदासम्मको लागि बुढीगण्डकी जलविद्युत कम्पनीको सीइओ थिए । कम्पनीको सीइओमा अरुण रजौरिया नियुक्त भएका छन् । त्यसपछि उर्जा मन्त्रीले मण्डललाई मन्त्रालय तानेर विभागको महानिर्देशकको रुपमा पठाएका हुन् ।
मण्डललाई महानिर्देशक किन बनाइयो भन्ने कुरा विवादास्पद छविका ऊर्जामन्त्री खड्काको आचरणबाटै थाहा हुने ऊर्जा क्षेत्रका जानकारहरुले भन्ने गरेका छन् ।
मण्डलले मन्त्री खड्कासंग सीओडी (Commercial Operation Date) -व्यवसायीक उत्पादन हुने समय) र आरसीओडी (require commercial operation date) मा निर्धक्क काम गरिदिने वचन दिएको स्रोतको दाबी छ ।
उसोतः पहिले पनि ६ महिनाका लागि डीजी बनेका उनले ऊर्जा व्यवसायीशंग अन्तराष्ट्रिय टिकटदेखि विभिन्न कुराको माग राख्ने गरेको आरोप लाग्ने गरेको छ । झोलामा खोला हालेर हिडिरहेका ऊर्जा माफिया भने मण्डलको आगमनबाट खुशी बनेको स्रोतको दाबी छ ।
मण्डल महानिर्देशक बनेपछि ऊर्जा व्यवसायीहरु भने तनावमा फसेका छन् । उनीहरुले राम्ररी काम गर्ने वातावरण नबन्ने भन्दै मण्डल र मन्त्रीको समूहले दुख दिने भन्दै तनाव भएको भन्न थालेका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












