ऊर्जासचिव र मन्त्रीको स्वार्थमा विद्युत विकास विभागमा जिवछ महानिर्देशक, ऊर्जा व्यवसायीमा तनाव
काठमाडाैं । ऊर्जामन्त्री दीपक खड्काले आफ्ना स्वार्थका काम गराउनका लागि जिवछ मण्डललाई फेरि विद्युत विकास विभागको महानिर्देशक बनाएका छन् ।
२०८० माघ २३ मा तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले महानिर्देशक बनाएपनि २०८१ साउन २१ गते ऊर्जामन्त्रीमा आएका दीपक खड्काले पदबाट हटाएका थिए ।
खड्काले नविनराज सिंहबाट आफूले चाहेको काम हुन नसकेपछि मण्डललाई फेरि महानिर्देशक बनाएका हुन् । खड्का र मण्डलबीच स्वार्थका निम्ति काम गर्ने आन्तरिक सम्झाैता भएको स्रोतको दाबी छ ।
अहिलेसम्म आफू सबै परीक्षामा लेखेरै पास भएको र अब्बल हुँ भन्दै न्यूज नेपालसंगको सम्पर्कमा आएका उनले हटाउने र नियुक्त गर्ने काम एकैमन्त्रीबाट किन भयो भन्दा कार्यालयमै आएर सल्लाह गर्न भने । उनले आफू अत्यन्तै काबिल र क्षमतावान रहेको भन्दै आफ्ना राम्रा कुरा समेत लेखिदिन अपिल गरे । तर, ऊर्जामन्त्री खड्काले खोलामा झोलाको व्यापार र केहि रहस्यमयी निर्णय पारित गराउनका निम्ति उनलाई विभागको महानिर्देशक बनाएको स्रोतको दाबी छ ।
उसोतः अहिले मण्डल ऊर्जा सचिव सुरेश आचार्य र मन्त्री खड्कालाई प्रभावित पार्दै डीजी बनेका हुन् । तत्कालीन एक ऊर्जा सचिवले उनलाई मन्त्रालय समेत छिर्न नदिएको स्रोतको दाबी छ ।
ऊर्जासचिव आचार्यले मण्डललाई ल्याएर ऊर्जा व्यवसायीमा त्रास फैलाउने र अशुली धन्दा नै चलाउने षडयन्त्र गर्न खोजेको आरोप समेत लागेको छ । आचार्यले मण्डललाई अब्बलको पगरी लगाउदै महानिर्देशक बनाएपनि यसमा मन्त्री खड्काको समेत स्वार्थ जोडिएपछि थप सहज बनेको हो । मन्त्री खड्का पछिल्लो समय नेपाल विद्युत प्राधिकरणसंग समेत चरम असन्तुष्ट रहेको बताइन्छ । आफै हाइड्रो व्वयसायी रहेका खड्काले मन्त्रालयमा सचिवदेखि सबै कर्मचारीको सेट नै बसालिरहेका छन् । यसैको निरन्तरता स्वरुप मण्डल महानिर्देशक बन्न पुगेको स्रोतको दाबी छ ।
मण्डल भने यस अघि नियमित सीइओ नआउँदासम्मको लागि बुढीगण्डकी जलविद्युत कम्पनीको सीइओ थिए । कम्पनीको सीइओमा अरुण रजौरिया नियुक्त भएका छन् । त्यसपछि उर्जा मन्त्रीले मण्डललाई मन्त्रालय तानेर विभागको महानिर्देशकको रुपमा पठाएका हुन् ।
मण्डललाई महानिर्देशक किन बनाइयो भन्ने कुरा विवादास्पद छविका ऊर्जामन्त्री खड्काको आचरणबाटै थाहा हुने ऊर्जा क्षेत्रका जानकारहरुले भन्ने गरेका छन् ।
मण्डलले मन्त्री खड्कासंग सीओडी (Commercial Operation Date) -व्यवसायीक उत्पादन हुने समय) र आरसीओडी (require commercial operation date) मा निर्धक्क काम गरिदिने वचन दिएको स्रोतको दाबी छ ।
उसोतः पहिले पनि ६ महिनाका लागि डीजी बनेका उनले ऊर्जा व्यवसायीशंग अन्तराष्ट्रिय टिकटदेखि विभिन्न कुराको माग राख्ने गरेको आरोप लाग्ने गरेको छ । झोलामा खोला हालेर हिडिरहेका ऊर्जा माफिया भने मण्डलको आगमनबाट खुशी बनेको स्रोतको दाबी छ ।
मण्डल महानिर्देशक बनेपछि ऊर्जा व्यवसायीहरु भने तनावमा फसेका छन् । उनीहरुले राम्ररी काम गर्ने वातावरण नबन्ने भन्दै मण्डल र मन्त्रीको समूहले दुख दिने भन्दै तनाव भएको भन्न थालेका छन् ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












