ताजा समाचार

पूर्वराष्ट्रपति भण्डारी कोशीबाट राजनीतिक सक्रियता बढाउदै

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सक्रियता बढाउदै लगेकी छन् । भण्डारीले कोशीबाट फेरि राजनीतिक सक्रियतालाई बढावा दिने भएकी छन् ।

भदाै २ गते उद्घोष दैनिकको २० औं वार्षिक उत्सवको प्रमुख अथिति बन्न लागेकी भण्डारी भदाै ३ गते काठमाडाैं फर्किने कार्यक्रम रहेको छ भने भदाै ५ गते काठमाडाैंमै एक भव्य कार्यक्रममा सहभागी हुनेछिन् ।

भदाै ५ गते काठमाडाैंमा रहेको मदन भण्डारीको ७५ औं जन्म जयन्ती मूल समारोह समितिको कार्यालय उद्घाटन गर्ने बताइएको छ । समितिको संयोजकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पाैडेल प्रमुख रहेका छन भने यो समिति ७५ सदस्यीय रहेको मदन भण्डारी फाउन्डेसनले जनाएको छ ।

एमालेले भण्डारीको सदस्यता नविकरण नगरेको दाबी गरिरहेको बेला उनले राजनीतिक सक्रियतालाई मदन भण्डारी फाउन्डेसनमार्फत तल्ला कमिटीसम्म पुग्ने तयारी थालेको बताइन्छ ।

पछिल्लो समय एमालेका प्रदेश बैठकमा समेत भण्डारीलाई निषेध गरेर जान नहुने मत बलियो बन्दै गइरहेको छ । प्रदेशसभा सदस्यहरुले भण्डारीको सदस्यतामाथि किचलो झिक्न नहुने र पार्टीले राष्ट्रपतिमा पठाएकाले सदस्यतामा विवाद गर्न नहुने आवाज उठाइरहेका छन् ।

भण्डारी काठमडाैंमा ५ गतेको कार्यक्रमको चापका कारण ३ गते नै फर्किने बताइएको छ भने उनी भदाै १४ गते नै मधेशका विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ । मधेसपछि भण्डारी लुम्बिनीकासाथै अन्य प्रदेशमा समेत जाने गरि कार्यक्रम तयारी भइरेहेको बताइन्छ ।

यता, एमालेले भदाै २० देखि २२ सम्म विधान महाधिवेशन गर्दैछ । अहिले यसका निम्ति सुझाव संकलन भइरहेको छ । बैठकमा भण्डारीको विषयले एमालेमा ठूलो तरङ्ग नै पैदा गरेपछि बैठकलाई सकेसम्म गोप्य राख्न एमालेले आन्तरिक निर्देशन नै जारी गरेको स्रोतको दाबी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org