पूर्वराष्ट्रपति भण्डारी कोशीबाट राजनीतिक सक्रियता बढाउदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सक्रियता बढाउदै लगेकी छन् । भण्डारीले कोशीबाट फेरि राजनीतिक सक्रियतालाई बढावा दिने भएकी छन् ।
भदाै २ गते उद्घोष दैनिकको २० औं वार्षिक उत्सवको प्रमुख अथिति बन्न लागेकी भण्डारी भदाै ३ गते काठमाडाैं फर्किने कार्यक्रम रहेको छ भने भदाै ५ गते काठमाडाैंमै एक भव्य कार्यक्रममा सहभागी हुनेछिन् ।
भदाै ५ गते काठमाडाैंमा रहेको मदन भण्डारीको ७५ औं जन्म जयन्ती मूल समारोह समितिको कार्यालय उद्घाटन गर्ने बताइएको छ । समितिको संयोजकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पाैडेल प्रमुख रहेका छन भने यो समिति ७५ सदस्यीय रहेको मदन भण्डारी फाउन्डेसनले जनाएको छ ।
एमालेले भण्डारीको सदस्यता नविकरण नगरेको दाबी गरिरहेको बेला उनले राजनीतिक सक्रियतालाई मदन भण्डारी फाउन्डेसनमार्फत तल्ला कमिटीसम्म पुग्ने तयारी थालेको बताइन्छ ।
पछिल्लो समय एमालेका प्रदेश बैठकमा समेत भण्डारीलाई निषेध गरेर जान नहुने मत बलियो बन्दै गइरहेको छ । प्रदेशसभा सदस्यहरुले भण्डारीको सदस्यतामाथि किचलो झिक्न नहुने र पार्टीले राष्ट्रपतिमा पठाएकाले सदस्यतामा विवाद गर्न नहुने आवाज उठाइरहेका छन् ।
भण्डारी काठमडाैंमा ५ गतेको कार्यक्रमको चापका कारण ३ गते नै फर्किने बताइएको छ भने उनी भदाै १४ गते नै मधेशका विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ । मधेसपछि भण्डारी लुम्बिनीकासाथै अन्य प्रदेशमा समेत जाने गरि कार्यक्रम तयारी भइरेहेको बताइन्छ ।
यता, एमालेले भदाै २० देखि २२ सम्म विधान महाधिवेशन गर्दैछ । अहिले यसका निम्ति सुझाव संकलन भइरहेको छ । बैठकमा भण्डारीको विषयले एमालेमा ठूलो तरङ्ग नै पैदा गरेपछि बैठकलाई सकेसम्म गोप्य राख्न एमालेले आन्तरिक निर्देशन नै जारी गरेको स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











