रसुवागढीमा चीन तर्फ बेलिबृजको निमार्णको काम सुरु,भदौ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडाैं । नेपाल–चीनबिच उत्तरी नाका रसुवागढीको मितेरी पुल र्निर्माण अन्तर्गत बेलिबृजको निमार्णको काम चीन तर्फ सुरु गरिएको छ ।
गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा पूर्ण रूपमा क्षति पुर्याए पछि चीन सरकारले तत्काल बेलिबृज निमार्णको काम थालेको हो ।
नेपाल–चीनबिच आवतजावत र व्यापारिक कारोबार बन्द भए पछि प्रथम चरण अन्तर्गत चीन सरकारले बेलिब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका चीन तर्फ बेलिबृज सम्म आउने सडक निमार्ण तथा भुईँ सतह मिलाउने काम गरिएको छ भने नेपाल तर्फ पनि स्थान निर्धारण गरिएको छ ।
पक्की पुल निर्माणका लागि साबिकको स्थानलाई यथावत् छाडी दुई मिटर पूर्वतर्फ सारेर ऐतिहासिक रसुवागढीको पुरातात्त्विक संरचनालाई कुनै असर नपार्ने गरी बेलिब्रिज निर्माण गरिने गल्छी त्रिशूली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक योजनाका इन्जिनियर रूपनारायण पौडेलले बताए ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार, शीघ्र गतिमा सुरु भएको यो अस्थायी पुल निर्माणले स्थानीय बासिन्दा, व्यापारी र सीमा पारका सेवाग्राहीहरूलाई अत्यावश्यक आवागमनमा तत्कालीन राहत दिने अपेक्षा गरिएको छ ।
बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











