काठमाडौंमा डेङ्गु नियन्त्रण गर्न युवा परिचालन गर्ने तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेङ्गु जस्ता महामारीजन्य रोग रोकथाम र नियन्त्रण गर्न झण्डै ३०० युवा परिचालन गर्ने तयारी गरेको छ । महानगरपालिकाले ३२ वटै वडामा उनीहरुलाई स्वयंसेवकका रुपमा परिचालन गरिने जनाएको छ ।
महानगरपालिकाका स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण ‘फोकल पर्सन’ ऋषिप्रसाद भुसालका अनुसार अहिले महानगरपालिकाले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा युवालाई परिचालन गर्न लागेको हो । यसअन्तर्गत लामखुट्टेको लार्भा नष्ट गर्न विशेष जोड दिइनेछ । त्यसका लागि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, खुला स्थानमा राखिएका पानी जम्न सक्ने भाँडा, टायर हटाउने, उद्यान सरसफाइमा विशेष ध्यान दिनेलगायत काम गरिने उहाँले जानकारी दिनुभयो ।
महानगरपालिकाले सहरी व्यवस्थापन विभागसँग मिलेर अव्यवस्थित रूपमा राखेका सामान हटाउनका लागि पहल गर्ने, पानी जम्ने सम्भावना भएको अवस्थालाई व्यवस्थापन गर्ने तयारी पनि गरेको छ । यससँगै कामपा प्रहरी, विपद् व्यवस्थापन विभाग र नेपाल रेडक्रस सोसाइटी तथा नागरिक सचेतना पनि सञ्चालन गरिने छ ।
वडा कार्यालय, स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्थानीय क्लब, सामुदायिक प्रहरी र स्वास्थ्य स्वयंसेविकाको सहभागितामा यो अभियान सञ्चालन हुनेछ । त्यसैगरी महानगरपालिकाले हैजा रोग नियन्त्रण गर्न खानेपानीको गुणस्तरमा विशेष ध्यान दिँदै जारको पानी ढुवानीमा हुने कमजोरी रोक्न प्लास्टिक ¥याप, स्टिकर र सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...











