१ करोड लागतमा एमाले संखुवासभाले भवन निर्माण गर्ने
काठमाडाैं । संखुवासभामा नेकपा एमालेले करिव १ करोड रुपैयाँमा पार्टी कार्यालय निर्माण गर्ने भएको छ ।
खाँदबारी चोकमा रहेको भवन जीर्ण बनेपछि संखुवासभामा एमालेले नयाँ भवन निर्माण गर्ने संखुवासभा अध्यक्ष खड्गबहादुर राईले जानकारी दिएका छन् ।
पार्टी कमिटीको छैठाैं पूर्ण बैठकले भवन निर्माण गर्ने गरेको र कार्ययोजना २०८३ को असारभित्र १ करोड लागतमा भवन निर्माण सम्पन्न गर्ने र यसका लागि पार्टी सदस्यबाट सहयोग लिने र देउसी भैलो समेत खेल्ने तयारी गरिएको प्रचार बिभाग प्रमुख नविन दाहालले बताए ।
यस्तै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले राष्ट्रिय गाैरवको पद सम्मानित रुपमा राष्ट्रपतिको पद सम्हालिसकेको मान्छे पार्टी सदस्यतामा सिमित हुन नहुनेमा जोड दिए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने उद्घोष गर्दै कोशी पुगेर सदस्यता नविकरण भइसकेको र कसैले खोस्न नसक्ने भनिरहेकी छन् । यस्तोमा एमालेभित्रको आन्तरिक विवाद समेत चर्किएको बताइन्छ ।
एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारेको विवादकाबीच यही भदौ २० गतेबाट सुरु हुने बिधान महाधिवेशनमा जिल्लाबाट १४ जना प्रतिनिधि सहभागी हुनेछन् । बैठकमा केन्द्रीय सदस्य तुलसीप्रसाद न्यौपानेले अन्तरपार्टी निर्देशनको महत्व र दशौं राष्ट्रिय महाधिवेशनको उपलब्धीबारे जानकारी दिएका थिए । कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, जिल्ला अध्यक्ष राईसमेतले धारणा राखेका थिए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











