१ करोड लागतमा एमाले संखुवासभाले भवन निर्माण गर्ने
काठमाडाैं । संखुवासभामा नेकपा एमालेले करिव १ करोड रुपैयाँमा पार्टी कार्यालय निर्माण गर्ने भएको छ ।
खाँदबारी चोकमा रहेको भवन जीर्ण बनेपछि संखुवासभामा एमालेले नयाँ भवन निर्माण गर्ने संखुवासभा अध्यक्ष खड्गबहादुर राईले जानकारी दिएका छन् ।
पार्टी कमिटीको छैठाैं पूर्ण बैठकले भवन निर्माण गर्ने गरेको र कार्ययोजना २०८३ को असारभित्र १ करोड लागतमा भवन निर्माण सम्पन्न गर्ने र यसका लागि पार्टी सदस्यबाट सहयोग लिने र देउसी भैलो समेत खेल्ने तयारी गरिएको प्रचार बिभाग प्रमुख नविन दाहालले बताए ।
यस्तै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गाैतमले राष्ट्रिय गाैरवको पद सम्मानित रुपमा राष्ट्रपतिको पद सम्हालिसकेको मान्छे पार्टी सदस्यतामा सिमित हुन नहुनेमा जोड दिए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने उद्घोष गर्दै कोशी पुगेर सदस्यता नविकरण भइसकेको र कसैले खोस्न नसक्ने भनिरहेकी छन् । यस्तोमा एमालेभित्रको आन्तरिक विवाद समेत चर्किएको बताइन्छ ।
एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारेको विवादकाबीच यही भदौ २० गतेबाट सुरु हुने बिधान महाधिवेशनमा जिल्लाबाट १४ जना प्रतिनिधि सहभागी हुनेछन् । बैठकमा केन्द्रीय सदस्य तुलसीप्रसाद न्यौपानेले अन्तरपार्टी निर्देशनको महत्व र दशौं राष्ट्रिय महाधिवेशनको उपलब्धीबारे जानकारी दिएका थिए । कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, जिल्ला अध्यक्ष राईसमेतले धारणा राखेका थिए ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












