ताजा समाचार

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं। साफ १७ वर्षमूनीको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो तेश्रो खेलमा हिजो बङ्गलादेशसँग पराजित भएको छ । भूटानको थिम्पुमा भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित भयो ।

यो हारसँगै नेपालको उपाधि जित्ने सम्भावना कमजोर बनेको छ। नेपालको तीन खेलमा तीन अङ्कसहित तेश्रो स्थानमा छ । समान खेलमा छ अङ्कसहित बङ्गलादेश दोश्रो स्थानमा छ । भारत नौ अङ्कसहित शीर्ष स्थानमा छ ।

यसअघि आफ्नो दोश्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको थियो। यो प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ। नेपालले पर्सि बुधवार बङ्गलादेशसँग, शुक्रवार भारतसँग र भदौ १५ गते आइतवार भूटानसँग खेल्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org