च्याँखे थाप्न नारायणकाजीले न्यायालयविरुद्ध फालेको जालः माछा पर्ला कि भ्यागुतो ?
काठमाडाैं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले न्यायालय र न्यायाधीशविरुद्ध दिएको विवादास्पद अभिव्यक्तिले दिएका छन् ।
‘कुन अदालतमा आफ्नो के कुरा मिलाउनुपर्नेछ । त्यसमा चित्तबुझ्दो जवाफ नपाइसकेपछि उनले च्याँखे थापेका हुन् । आफूले भनेको कुरा नहुँदा खनिने । काम फत्ते भए, भव्य भन्ने रोगले उहाँ (नारायाणकाजी)लाई लागेको हुनसक्छ ।’, श्रेष्ठलाई नजिकबाट चिन्ने एक व्यक्तिले न्यूज नेपालसंग भने ।
उसोतः श्रेष्ठले यस्तो अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा समेत चर्को आलोचना शुरु भएको छ । अधिवक्ता सुरेशकुमार कार्कीले पनि श्रेष्ठमाथि अर्को प्रश्न गरेका छन् । कार्कीले पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीलाई उदृत गर्दै ८२ न्यायाधीशको नियुक्ति र तत्कालीन कानूनमन्त्री अजयशंकर नायकसंग वर्षमान पुनले गरेको साँठगाँठमा समेत प्रश्न गरेका छन् ।
‘न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुस बिना न्याय पाउने अवस्था छैन,’ श्रेष्ठले भनेका छन्।
अदालत राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने औजारको रूपमा प्रयोग भइरहेको दाबी गरेका श्रेष्ठले थप भनेका छन्, ‘न्यायाधीशहरूले आफ्ना पदीय वा निजी स्वार्थका निम्ति सरकारको राजनीतिक नेतृत्वसँग इच्छाअनुसार मुद्दा फैसला गरिदिने प्रवृत्ति देखिनु चरम लज्जाको विषय हो ।’
श्रेष्ठले यस्तो किन भने ? न्यायपालिकाभित्र चर्चा चलिरहेको छ । श्रेष्ठलाई नजिकबाट चिन्नेहरुले सामाजिक सञ्जालबाट गरिएको टिप्पणीलाई कतै फाइदा उठाउने सोचेको हुनसक्नेतर्फ संकेत गरेक छन् ।
श्रेष्ठले अदालतबाट केहि विषयमा आफ्नो पक्षमा फैसला चाहेको र त्यो हुन नसक्ने स्थिति देखिएपछि आक्रोश पोखेको स्रोतको दाबी छ । उसोतः श्रेष्ठले धमिलो पानीमा फालेको स्वार्थको जालमा माछा नभई भ्यागुतो पर्ने देखिएपछि आक्रोश पोख्दै अदालतप्रति अनास्था फैलाउने काम गरिरहेको स्रोतको दाबी छ ।
विवादास्पद पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालदेखि आफ्ताव आलमको पक्षमा फैसला गर्ने न्यायाधीश अर्जुन महर्जन समेत श्रेष्ठका खास मान्छे भएको बताइन्छ । विवादास्पद अभिव्यक्ति दिने श्रेष्ठविरुद्ध सर्वोच्चमा अवहेलनाको विषय समेत बन्ने धेरैको दाबी छ । अदालतप्रति अनास्था फैलाउने, विश्वासको संकट सिर्जना गर्ने जस्ता काममा श्रेष्ठ जुटेकाले यो विषयमा कानूनका जानकारहरुले अवहेलना मुद्दा लैजानुपर्ने बहस समेत हुन थाेलेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











