च्याँखे थाप्न नारायणकाजीले न्यायालयविरुद्ध फालेको जालः माछा पर्ला कि भ्यागुतो ?
काठमाडाैं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले न्यायालय र न्यायाधीशविरुद्ध दिएको विवादास्पद अभिव्यक्तिले दिएका छन् ।
‘कुन अदालतमा आफ्नो के कुरा मिलाउनुपर्नेछ । त्यसमा चित्तबुझ्दो जवाफ नपाइसकेपछि उनले च्याँखे थापेका हुन् । आफूले भनेको कुरा नहुँदा खनिने । काम फत्ते भए, भव्य भन्ने रोगले उहाँ (नारायाणकाजी)लाई लागेको हुनसक्छ ।’, श्रेष्ठलाई नजिकबाट चिन्ने एक व्यक्तिले न्यूज नेपालसंग भने ।
उसोतः श्रेष्ठले यस्तो अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा समेत चर्को आलोचना शुरु भएको छ । अधिवक्ता सुरेशकुमार कार्कीले पनि श्रेष्ठमाथि अर्को प्रश्न गरेका छन् । कार्कीले पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीलाई उदृत गर्दै ८२ न्यायाधीशको नियुक्ति र तत्कालीन कानूनमन्त्री अजयशंकर नायकसंग वर्षमान पुनले गरेको साँठगाँठमा समेत प्रश्न गरेका छन् ।
‘न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुस बिना न्याय पाउने अवस्था छैन,’ श्रेष्ठले भनेका छन्।
अदालत राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने औजारको रूपमा प्रयोग भइरहेको दाबी गरेका श्रेष्ठले थप भनेका छन्, ‘न्यायाधीशहरूले आफ्ना पदीय वा निजी स्वार्थका निम्ति सरकारको राजनीतिक नेतृत्वसँग इच्छाअनुसार मुद्दा फैसला गरिदिने प्रवृत्ति देखिनु चरम लज्जाको विषय हो ।’
श्रेष्ठले यस्तो किन भने ? न्यायपालिकाभित्र चर्चा चलिरहेको छ । श्रेष्ठलाई नजिकबाट चिन्नेहरुले सामाजिक सञ्जालबाट गरिएको टिप्पणीलाई कतै फाइदा उठाउने सोचेको हुनसक्नेतर्फ संकेत गरेक छन् ।
श्रेष्ठले अदालतबाट केहि विषयमा आफ्नो पक्षमा फैसला चाहेको र त्यो हुन नसक्ने स्थिति देखिएपछि आक्रोश पोखेको स्रोतको दाबी छ । उसोतः श्रेष्ठले धमिलो पानीमा फालेको स्वार्थको जालमा माछा नभई भ्यागुतो पर्ने देखिएपछि आक्रोश पोख्दै अदालतप्रति अनास्था फैलाउने काम गरिरहेको स्रोतको दाबी छ ।
विवादास्पद पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालदेखि आफ्ताव आलमको पक्षमा फैसला गर्ने न्यायाधीश अर्जुन महर्जन समेत श्रेष्ठका खास मान्छे भएको बताइन्छ । विवादास्पद अभिव्यक्ति दिने श्रेष्ठविरुद्ध सर्वोच्चमा अवहेलनाको विषय समेत बन्ने धेरैको दाबी छ । अदालतप्रति अनास्था फैलाउने, विश्वासको संकट सिर्जना गर्ने जस्ता काममा श्रेष्ठ जुटेकाले यो विषयमा कानूनका जानकारहरुले अवहेलना मुद्दा लैजानुपर्ने बहस समेत हुन थाेलेको छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












