महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको छ। यही भदौ २० गते शुक्रबार ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कल्प सार्वजनिक हुनेछ ।
निकै निस्तेज भएको मानिएको नेपाली महाकाव्य विधालाई उचाइ दिनमा उनको योगदान विशेष र विशिष्ट मानिन्छ। उनले काव्यलाई बौद्धिक र प्राज्ञिकहरूको मात्रै साँघुरो कब्जाबाट बाहिर निकालेर जेनजी पुस्तासम्म पुर्याएका छन्। लोकप्रिय बनाएका छन् ।
विभिन्न स्कुल र कलेजका विद्यार्थीहरूसँग निरन्तर संवाद र सम्पर्कमा रहेका लम्साल आफैँले आफू भाइबहिनी पुस्ताले उठाएको कवि हुँ भन्दै आएका छन् । उनी युवालाई जति माया गर्छन् युवा पुस्ता पनि उनीसँग त्यति नै झुम्मिन्छन् पनि । विषयको समसामिकता, भाषिक सरलता तर त्यही सरलतामा उच्चस्तरको दार्शनिक चेतना उनका विशेषता हुन् । सांस्कृतिक चेतना र दार्शनिक रहस्यसँग समसामयिकतालाई अन्तरघुलन गर्न सक्नु उनको विशेष खुबी मानिन्छन्।
यसअघि उनका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशित छन् ।
लेख्नैका लागि रेडियो नेपालको निर्देशक तहको जागिर छोडेर कल्प लेख्न कसिएका लम्सालले कल्पका लागि झण्डै पाँच वर्ष खर्चेका छन्।
महाभारतका पात्र कर्णलाई नायकत्व दिएर लेखिएको कर्ण, देशको बहुलता र वैचारिक परम्परामाथि केन्द्रित धरा, आरनबाट उठेको सिपमा देशको इतिहास कुँदिएको अग्निपछि सार्वजनिक हुने कल्पलाई विशेष प्रतीक्षाका साथ हेरिएको छ।
कल्प शिखा बुक्सले प्रकाशन गरेको छ। शिखा बुक्सका पुष्पराज पौडेलका अनुसार कल्प वैश्विक चेतनाका साथु आएको छ। पौडेलले थपे, एउटा नेपाली कविले विश्वका महत्वपूर्ण घटनाक्रम र त्यसबाट मान्छेमाथि परेको प्रभाव कस्तो हुन्छ भनेर आँकलन गरेको यो गम्भीर काव्य हुनेछ । विषय, भाषा र शैलीका हिसाबले कल्प नयाँ हुनेछ भन्ने मेरो विश्वास छ । पौडेलका अनुसार यो पुस्तकले आजको विश्व समस्यामाथि बहस प्रारम्भ गर्नेछ । लम्साल समस्या र तिनका निदानहरूको काव्यिक बाटोसहित आएका छन्।
कवि अध्ययनशील, बौद्धिक र शालीन मानिन्छन्। उनको अध्ययन र बौद्धिकता काव्यहरूमा देखिन्छ पनि ।
सूचना, समाचार र साहित्यिक कर्मका लागि रेडियो नेपालमा ३० वर्ष र बिबिसीमा १० वर्ष बिताएका लम्साल नेपाली रेडियो प्रसारणका मानक प्रसारक पनि हुन्। विगत ४० वर्षदेखि गीत र कवितामै रमाइरहेका लम्सालको यो चौथो महाकाव्य र नवौं कृति हो।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध के विषयमा भयो मुद्धा दायर ?
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
२५ अर्बको दाबी सहित दीपक भट्टविरुद्ध मुद्दा दर्ता आज, अब दीपक तिमिल्सिनाको पालो कहिले?
काठमाडौं । लामो समयदेखि राजनीतिक तथा व्यावसायिक वृत्तमा प्रभावशाली ‘फिक्सर’ र बिचौलियाका रूपमा चिनिएका व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान...












