अस्ट्रेलियामा नेपाली क्रिकेट टाेलीले खेलेका दुवै अभ्यास खेलमा नेपालकाे सहज जित
काठमाडाैं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले मंगलबार खेलिएका दुई वटा टी-२० अभ्यास खेलमा सहज जित निकालेको छ।
नेपालले एसिटी अस्ट्रेलियालाई पहिलो अभ्यास खेलमा ४१ रनले विजयी भएको नेपालले दोस्रो अभ्यास खेलमा ६ विकेटको जित निकाल्यो।
पहिलो अभ्यास खेलमा पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १७८ रनकाे विसाल लक्ष्य प्रस्तुत गरेकाे थियाे। नेपालका लागि आसिफ शेखले ३९ बलमा ६९ रन, रोहित पौडेलले ३६ रन र आरिफ शेखले २४ रन बनाएका थिए।
१७८ रनको लक्ष्य पछ्याएको एसिटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो। उसका लागि जे स्मिथले ५० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा नेपालका सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए भने करण केसीको नाममा २ विकेट र रुपेश सिंहको नाममा १ विकेट रह्यो।
त्यस्तै, दोस्रो अभ्यास खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एसिटी ९६ रनमा अलआउट भयो। उसका लागि ब्रोइसले सर्वाधिक १५ रन बनाए। बलिङमा नेपालका शाहब आलम र दीपेन्द्रसिंह ऐरीले ४-४ विकेट लिए।
९७ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १३.२ ओभरमा पूरा गर्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ४२ रन बनाए भने गुल्सन झाले २३ रन बटुल्न सफल भए। त्यसअघि भीम सार्की ८ रन, आसिफ शेख ४ रन र रोहित पौडेल ९ रनमा आउट भएका थिए।
अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा गएको हो।
यसअघि टप एन्ड सिरिज खेलेको नेपालले अब अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई वटा टी-२० खेल खेल्नेछ। यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ।
नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ। विश्वकप छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन्।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












