अस्ट्रेलियामा नेपाली क्रिकेट टाेलीले खेलेका दुवै अभ्यास खेलमा नेपालकाे सहज जित
काठमाडाैं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले मंगलबार खेलिएका दुई वटा टी-२० अभ्यास खेलमा सहज जित निकालेको छ।
नेपालले एसिटी अस्ट्रेलियालाई पहिलो अभ्यास खेलमा ४१ रनले विजयी भएको नेपालले दोस्रो अभ्यास खेलमा ६ विकेटको जित निकाल्यो।
पहिलो अभ्यास खेलमा पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १७८ रनकाे विसाल लक्ष्य प्रस्तुत गरेकाे थियाे। नेपालका लागि आसिफ शेखले ३९ बलमा ६९ रन, रोहित पौडेलले ३६ रन र आरिफ शेखले २४ रन बनाएका थिए।
१७८ रनको लक्ष्य पछ्याएको एसिटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो। उसका लागि जे स्मिथले ५० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा नेपालका सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए भने करण केसीको नाममा २ विकेट र रुपेश सिंहको नाममा १ विकेट रह्यो।
त्यस्तै, दोस्रो अभ्यास खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एसिटी ९६ रनमा अलआउट भयो। उसका लागि ब्रोइसले सर्वाधिक १५ रन बनाए। बलिङमा नेपालका शाहब आलम र दीपेन्द्रसिंह ऐरीले ४-४ विकेट लिए।
९७ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १३.२ ओभरमा पूरा गर्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ४२ रन बनाए भने गुल्सन झाले २३ रन बटुल्न सफल भए। त्यसअघि भीम सार्की ८ रन, आसिफ शेख ४ रन र रोहित पौडेल ९ रनमा आउट भएका थिए।
अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा गएको हो।
यसअघि टप एन्ड सिरिज खेलेको नेपालले अब अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई वटा टी-२० खेल खेल्नेछ। यस्तै ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ।
नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ। विश्वकप छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। शीर्ष तीन टोली अर्को वर्ष भारतमा हुने विश्वकपमा पुग्नेछन्।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












