सैनिक परेडबारे भ्रामक सूचना सम्प्रेषण, तथ्यको स्मरण
काठमाडाैं । चिनियाँ राजधानी बेइजिङको मध्यभागमा अवस्थित थिआनमेन स्क्वायरमा आगामी मंगलबार भव्य सैनिक परेड आयोजना हुँदैछ । सन १९३९-१९४५ को दोस्रो विश्वयुद्धमा भएको जापानी आक्रमणको प्रतिरोध र विश्व फासिवादविरुद्धको युद्धमा विजय प्राप्त गरेको ८०औँ वार्षिकोत्सवको अवसरमा चीनले गर्न लागेको सैन्य परेड हालसम्मकै ठूलो हुने बताइएको छ । उक्त परेडमा चिनियाँ जनमुक्ति सेनाका जल,थल, वायुसेनाका विभिन्न समूह सहभागी हुनेछन् ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले विशेष सम्बोधन गर्ने उक्त कार्यक्रममा सहभागिताका लागि रुसी राष्ट्रपति,उत्तर कोरियाली नेता,नेपालका प्रधानमन्त्री, भारतीय प्रधानमन्त्रीलगायत विश्वका विभिन्न राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरूलाई निम्त्याइएको छ । नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार बिहान ८ बजे सैन्य परेडको अवलोकन गर्नुहुने छ । तर,कार्यक्रममा नेपालको सहभागिताबारे अहिले नकारात्मक टिप्पणी उठाउन थालिएका छन् ।
चीन नेपालको मित्रराष्ट्र मात्र नभई प्रमुख विकास साझेदार पनि हो । लामो सीमाना जोडिएका यी दुई मुलुकबीच प्रगाढ ऐतिहासिक सम्बन्ध कायम छ । दुवै देश एकअर्काको स्वतन्त्रता र सार्वभौमिकताप्रति संवेदनशील रहँदै आएका छन् । तर,चिनियाँ सैन्य परेड जापानविरुद्धलक्षित भएको कारण जनाउँदै नेपालको सहभागिताबारे नानाथरी तर्क अघि सारिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले चीन भ्रमणको उक्त निम्तो अस्वीकार गरेको चर्चा पनि ‘जबर्जस्त विरोध’ मा उल्लेख गरिएको छ ।
स्मरणरहोस्,प्रारम्भमा नेपालबाट राष्ट्रपति पौडेलले सहभागिता जनाउने आयोजकको तयारी थियो । राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयले भ्रमणको तयारीसमेत थालिसकेका थिए । तर, अन्तिम क्षणमा राष्ट्रपतिले रुची नदेखाएपछि प्रधानमन्त्री ओली उक्त कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो । बताइएअनुसार,शीतल निवासका सल्लाहकारहरुले चिनियाँ सैन्य परेडमा सहभागी हुँदा जापानी भावनामा चोट पुग्न सक्ने उल्लेख गर्दै राष्ट्रपतिलाई भ्रमण रोक्न ‘रणनीतिक सुझाव’ दिएका थिए ।
तर बाहिर हल्ला गरिएजस्तो चीनको उक्त परेड जापानविरुद्ध चिनियाँ सैन्य अभ्यास होइन भनिन्छ । यो नितान्त इतिहास सम्झनाका लागि आयोजना गरिएको कार्यक्रम भएको चीनको भनाई छ । सैन्य गठबन्धनको कुनै सवाल नभएको कार्यक्रममा सहभागिता जनाउँदा जापानी भावनामा चोट पुग्छ भन्नु ‘हास्यास्पद’ तर्क मात्रै भएको कूटनीतिज्ञहरुको भनाई छ । एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीले अर्को सार्वभौम मुलुक त्यो पनि सीमाना जोडिएको,भ्रमण गर्दा तेस्रो देश आशंकित हुनु जरुरी छैन पनि भनिन्छ ।
आलोचकहरुले चिनियाँ सैन्य परेडमा सहभागिता जनाउँदा जापानी भावनामा चोट पुग्ने भए,जापानी हमलामा परेका अन्य देशहरूले के बुझ्ने ? भन्ने जिज्ञासाको जवाफ दिएका छैनन् । दोश्रो बिश्वयुध्दमा सामेल हुने क्रममा जापानले अमेरिकाको पर्ल हार्बरमा आक्रमण गर्दा थुप्रै अमेरिकी मारिएका थिए । रुस,बेलायत र फ्रान्समाथि पनि उसले आक्रमण गरेको थियो । जापानले युद्धको क्रममा चीन र कोरियाका लाखौं महिलालाई यौन दासी बनाएको थियो । चीनले प्रतिरोध युद्ध जितेको खुशीयाली मनाउँदा आपत्ति जनाउने हो भने, जापानद्वारा पीडित बनाइएका लाखौं मान्छेबारे पनि बोलिनु पर्ने हो कि पनि भन्ने गरिन्छ !
उक्त युद्धमा अमेरिका जापानको विरुद्ध थियो । नागासाकी र हिरोशिमामा अमेरिकाले आणविक बम खसालेपछि बल्ल जापान शान्त भएको हो । अहिले उही जापान अमेरिकाको सैन्य रणनीतिको एउटा अभिन्न अंग पनि हो । उक्त सन्दर्भलाई जोडेर हेर्ने भने अमेरिका र चीन अहिले पनि सैन्य रणनीतिमा एक हुनुपर्ने होइन र ? विश्वका दुई सयभन्दा बढी देश र क्षेत्रमध्ये कार्यक्रममा सहभागी हुन लागेका २६ वटा मुलुक बाहेक अरु सबै मुलुक जापान पक्षधर वा चीनविरोधी भन्ने अर्थ लगाउन मिल्छ र ?
सैन्य परेडमा प्रधानमन्त्री ओलीको उपस्थितिलाई लिएर एकपक्षीय आलोचना गरिएको छ । धेरैजसोले जापान नेपालको ठूलो विकास साझेदार भएका कारण उसलाई चिढ्याउन नहुने तर्क गरेका छन् । तर, जापानजस्तै चीन पनि हाम्रो भरपर्दो आर्थिक साझेदार रहेको तथ्यलाई भुल्न सकिन्छ र ? जापानी सहयोगको विषय उठाएर मुलुकको सार्वभौमिकता र स्वतन्त्र परराष्ट्र नीतिलाई दाउमा राख्न सकिन्छ र ?
छिमेकी मुलुकको सन्दर्भलाई हेर्दा भारतले हरेक वर्ष मनाउने स्वतन्त्रता दिवसमा हुने गरेको अन्तर्राष्ट्रिय सहभागितालाई पनि उदाहरणको रुपमा लिनुपर्ने हुन्छ । बेलायती उपनिवेशबाट मुक्त भएको उपलक्ष्यमा प्रत्येक वर्ष आयोजना गरिने स्वतन्त्रता दिवस र गणतन्त्र दिवसमा सैन्य परेड देखाइन्छ । तीमध्ये कतिपय कार्यक्रममा नेपालबाट तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहले सहभागिता जनाउनुभएको थियो । अब त्यसो हो भने भारतका ती कार्यक्रममा सहभागी भएको आधारमा नेपाललाई बेलायत विरोधीको संज्ञा दिन मिल्छ र ?
यता चीनको उक्त कार्यक्रमविरुद्ध कतिपय युरोपेली र एसियाली मुुलुकमा एकैसाथ नियोजित प्रचार गरिएको देखिन आएको छ । विभिन्न देशमा रहेका जापानी दूतावासको हवाला दिँदै उसले चीनविरुद्ध कूटनीतिक लबिङ तीब्र पारेको खबरलाई जोड दिइएको छ । जबकी नेपालमै रहेको जापानी दूतावासले समेत त्यसबारे अहिलेसम्म औपचारिक रुपमा कुनै जानकारी प्रेषित गरेको छैन ।
के हो सैन्य परेड?
चीन र जापानबीच सन् १९३१ को सेप्टेम्बर १८ देखि १९४५ सम्म १४ वर्ष लामो युद्ध भएको थियो । जापानले आत्मसमर्पण गर्नुअघि सम्म चलेको झण्डै डेढ दशक लामो लडाईंमा तीन करोड ५० लाखभन्दा बढी चिनियाँ नागरिक मारिएको तथ्यांक छ । हताहतीको यो संख्या दोस्रो विश्वयुद्धमा होमिएका सबै देशमा मारिएका कूल संख्याको एक तिहाइ हुन आउँछ ।
प्रतिरोध युद्धमा विजय प्राप्तिसँगै चिनियाँ क्रान्तिले ऐतिहासिक मोड लिएको थियो । आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा गहिरो संकटमा परेको चीनले युद्ध अन्त्यसँगै राष्ट्रिय पुनरुत्थानको संकल्प लिएका कारण आज चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्रसहित महाशक्ति राष्ट्रको रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उपस्थित भएको छ।
त्यसैले चीनले उक्त युद्धलाई जापानी साम्राज्यवादविरुद्धको ऐतिहासिक संघर्ष मान्ने गरेको छ । कठिन र संघर्षपूर्ण विजयको सम्झना गर्दै जापानी आक्रमणविरुद्धको लडाइँमा बलिदान गरेका सबैलाई सम्मान गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ । यसपटक आयोजना गर्न लागिएको सैन्य परेड पनि त्यसैको निरन्तरता हो । यसअघि सन् २०१५ मा पनि यस्तै परेड आयोजना गरिएको थियो । अन्तर्राष्ट्रिय समुदायलाई शान्तिको सन्देश दिन कार्यक्रममा मित्रराष्ट्रका प्रमुखहरूलाई आमन्त्रण गरिएको चीनले पटक पटक प्रष्ट पार्दै आएको देखिन्छ ।
—–
#विश्वका दुई सयभन्दा बढी देश र क्षेत्रमध्ये कार्यक्रममा सहभागी हुन लागेका २६ वटा मुलुक बाहेक अरु सबै मुलुक जापान पक्षधर वा चीनविरोधी भन्ने अर्थ लगाउन मिल्छ र ?
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












