वीरगंजमा हैजा र झाडापखालाका बिरामी घट्दै
काठमाडाैं । वीरगंज महानगरपालिकामा हैजा र झाडापखालाका कारण अस्पताल भर्ना भएकामध्ये ७ सय ४६ जना बिरामी पूर्ण रूपमा स्वस्थ भएर घर फर्किएका छन् । घर फर्किएकामध्ये १३२ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो ।
महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, हालसम्म १७२ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये आइतबार मात्रै १५ जनामा नयाँ सङ्क्रमण देखिएको छ । यद्यपि, पछिल्ला दिनहरूमा सङ्क्रमितको सङ्ख्या उल्लेखनीय रूपमा घटेको छ । शनिवार १४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार, झाडापखाला लागेर अस्पताल भर्ना हुनेको सङ्ख्या पनि कम भएको छ । आइतबार ५८ जना भर्ना भएका छन्, जुन शनिवारको ८८ र शुक्रवारको ७५ को तुलनामा कम हो । हाल विभिन्न अस्पतालमा ६८ जना बिरामी उपचाररत छन्, जसमध्ये ४० जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालमा ३६, नेश्नल मेडिकल कलेजमा १०, तराई अस्पतालमा ७, सर्वोत्तम हस्पिटलमा ४, भवानी हस्पिटल र वीरगंज हेल्थ केयरमा ३-३, प्रभु हस्पिटलमा २, तथा एडभान्स, वीरगंज मेट्रोसिटी र कृष्णा हस्पिटलमा १-१ जना भर्ना छन् । उपचाररतमध्ये १५ जनालाई आइसियुमा राखिएको छ ।
स्वास्थ्य शाखाले दूषित पानी र खाद्य पदार्थलाई हैजा र झाडापखालाको प्रमुख कारण मानेको छ । घना बस्ती, खुला पानीका स्रोत र अपर्याप्त सरसफाइले जोखिम बढाएको छ । सङ्क्रमण नियन्त्रणका लागि महानगरले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी टोल–टोलमा स्वास्थ्यकर्मी परिचालन, जनचेतना अभियान, खानेपानीको क्लोरिनेसन र ट्याङ्की सरसफाइलाई तीव्रता दिएको छ । पानी पुरी, चाट, भाजालगायत स्ट्रिट फुडमा पूर्ण प्रतिबन्ध लगाइएको छ भने शैक्षिक संस्थाहरू मङ्गलवारसम्म बन्द गरिएको छ ।
स्वास्थ्य विशेषज्ञहरूले सङ्क्रमण घट्नु सकारात्मक भए पनि दीर्घकालीन नियन्त्रणका लागि स्वच्छता र पूर्वाधार सुधार आवश्यक रहेको बताएका छन् । महानगरले स्थानीय वासीलाई स्वास्थ्य सतर्कता अपनाउन र सङ्क्रमण पूर्ण नियन्त्रणका लागि समुदायको सहभागिता बढाउन अपिल गरेको छ ।
Comments
अरु समाचार
-
विमान उडान सहज बनाउन एआईको प्रयोग, वैज्ञानिकहरूको नयाँ प्रयास
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...












