म्युजिक नेपालविरुद्ध न्यायिक लडाइँमा गायिका अञ्जु गौतम !
काठमाडौं । लोकप्रिय गायिका अञ्जु गौतमले आफ्ना लाेकगीतहरू युट्युबमा अनधिकृत रूपमा ब्लक गरिएको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी छन्।
गौतमले आफ्नै लगानीमा निर्माण भएका गीतहरू द्वेषपूर्ण भावना राखी ब्लक गरिँदा ठूलाे आर्थिक तथा सामाजिक अधिकार हनन् भएको बताउँदै गत भदौ १६ गते उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेक न्युज नेपाललाई जानकारी दिएकी हुन् ।
उनले दायर गरेको निवेदनमा म्युजिक नेपाल प्रा.लि.का सञ्चालक सन्तोष शर्मा, अरुण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्रका पूर्वअध्यक्ष हरि बहादुर खत्री र म्युजिक नेपाललाई प्रतिवादी बनाइएको छ। गाैतमले न्युज नेपाललाई बताए अनुसार पटकपटक सम्बन्धीत प्रतिवादीहरूसँग सम्वाद र छलफलका लागि पहल गर्दा पनि कुनै वास्ता नगरेकाे र आफ्नाे आर्थिक तथा सामाजिक अधिकार हनन् गरेकाे उनले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बताएकी थिइन् ।
पूर्वेली लोकसंगीतलाई आफ्नो कर्म बनाएर करिब दुई दशक यस क्षेत्रमा आफ्नो मेहनत, परिश्रम र समय खर्च गरिसकेकी गौतमको चुलिदोँ लोकपृयतालाई देखेर डाहा गर्नेहरुले उनका सिर्जना माथि नै गिद्दे नजर लगाएर अनाधिकृत प्रतिबन्ध लागाएको यस क्षेत्रका जानकारहरु बताउँछन् ।
गौतमले आफ्ना मौलिक सिर्जनाहरू आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने गरेको र तीमध्ये तीनवटा गीतहरू लैबरी माया, पानी पर्यो झम्मझम्म र माला लाउन फुलैको गाँसेरैलाईअनधिकृत रूपमा ब्लक गरिएको दाबी रहेकाे छ। त्यती मात्रै हाेइन गाैतमकाे स्वरमा रहेका गीतहरू कैलाशैमा पाती, धिपिमा धिपि बत्ति बल्याे धनकुटा सहरमा पनि ब्लक गरिएकाे उनकाे भनाइ छ ।
प्रतिवादीले युट्युबलाई रिपोर्ट गरेर गीत ब्लक गराउँदा आफूलाई लाखाैंकाे क्षति भएको र सो वापतकाे क्षतिपूर्ति पाउनुपर्ने माग समेत उनले गरेकी छन्। “गीत ब्लक हुनु सांस्कृतिक सम्पदामाथि मात्र अन्याय होइन, कलाकारको जीविकोपार्जनमा ठूलो धक्का पुगेको छ,” गौतमले उजुरीमा उल्लेख गरिएकाे छ ।
आम लाेकगीत-संगीत प्रेमिहरूमाझ सर्वाधीक रूचाइएकी गायीका गाैतमका गीतहरू मार्फत नेपाली मौलिक शब्द, संगीत र संस्कृतिको संरक्षणमा महत्वपूर्ण याेगदान पुगेकाे यस क्षेत्रका जानकारहरू बताउँछन् । उनलाई याे न्यायीक लडाइमा पूर्वेली लाेकगीत संगित पारखीहरूकाे पनि साथ रहेकाे छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...
-
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको...












