म्युजिक नेपालविरुद्ध न्यायिक लडाइँमा गायिका अञ्जु गौतम !
काठमाडौं । लोकप्रिय गायिका अञ्जु गौतमले आफ्ना लाेकगीतहरू युट्युबमा अनधिकृत रूपमा ब्लक गरिएको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी छन्।
गौतमले आफ्नै लगानीमा निर्माण भएका गीतहरू द्वेषपूर्ण भावना राखी ब्लक गरिँदा ठूलाे आर्थिक तथा सामाजिक अधिकार हनन् भएको बताउँदै गत भदौ १६ गते उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेक न्युज नेपाललाई जानकारी दिएकी हुन् ।
उनले दायर गरेको निवेदनमा म्युजिक नेपाल प्रा.लि.का सञ्चालक सन्तोष शर्मा, अरुण उपत्यका सांस्कृतिक अनुसन्धान केन्द्रका पूर्वअध्यक्ष हरि बहादुर खत्री र म्युजिक नेपाललाई प्रतिवादी बनाइएको छ। गाैतमले न्युज नेपाललाई बताए अनुसार पटकपटक सम्बन्धीत प्रतिवादीहरूसँग सम्वाद र छलफलका लागि पहल गर्दा पनि कुनै वास्ता नगरेकाे र आफ्नाे आर्थिक तथा सामाजिक अधिकार हनन् गरेकाे उनले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बताएकी थिइन् ।
पूर्वेली लोकसंगीतलाई आफ्नो कर्म बनाएर करिब दुई दशक यस क्षेत्रमा आफ्नो मेहनत, परिश्रम र समय खर्च गरिसकेकी गौतमको चुलिदोँ लोकपृयतालाई देखेर डाहा गर्नेहरुले उनका सिर्जना माथि नै गिद्दे नजर लगाएर अनाधिकृत प्रतिबन्ध लागाएको यस क्षेत्रका जानकारहरु बताउँछन् ।
गौतमले आफ्ना मौलिक सिर्जनाहरू आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने गरेको र तीमध्ये तीनवटा गीतहरू लैबरी माया, पानी पर्यो झम्मझम्म र माला लाउन फुलैको गाँसेरैलाईअनधिकृत रूपमा ब्लक गरिएको दाबी रहेकाे छ। त्यती मात्रै हाेइन गाैतमकाे स्वरमा रहेका गीतहरू कैलाशैमा पाती, धिपिमा धिपि बत्ति बल्याे धनकुटा सहरमा पनि ब्लक गरिएकाे उनकाे भनाइ छ ।
प्रतिवादीले युट्युबलाई रिपोर्ट गरेर गीत ब्लक गराउँदा आफूलाई लाखाैंकाे क्षति भएको र सो वापतकाे क्षतिपूर्ति पाउनुपर्ने माग समेत उनले गरेकी छन्। “गीत ब्लक हुनु सांस्कृतिक सम्पदामाथि मात्र अन्याय होइन, कलाकारको जीविकोपार्जनमा ठूलो धक्का पुगेको छ,” गौतमले उजुरीमा उल्लेख गरिएकाे छ ।
आम लाेकगीत-संगीत प्रेमिहरूमाझ सर्वाधीक रूचाइएकी गायीका गाैतमका गीतहरू मार्फत नेपाली मौलिक शब्द, संगीत र संस्कृतिको संरक्षणमा महत्वपूर्ण याेगदान पुगेकाे यस क्षेत्रका जानकारहरू बताउँछन् । उनलाई याे न्यायीक लडाइमा पूर्वेली लाेकगीत संगित पारखीहरूकाे पनि साथ रहेकाे छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












