एमाले विधान महाधिवेशनः कर्ण थापाको फरक मत कार्यसूचीबाटै हटाइयाे !
काठमाडाैं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा फरक मत राख्ने अधिकारमै प्रतिबन्ध लगाइएको घटनाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र गम्भीर संकटमा परेको संकेत देखिएको छ।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतलाई कार्यसूचीबाटै हटाइदिएका छन्।
थापाले पार्टीको आन्तरिक लोकतन्त्र, संगठनात्मक कमजोरी र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निरन्तरताजस्ता विषय उठाउँदै ३२ पृष्ठ लामो फरक मत तयार पारी पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए।
तर उक्त प्रतिवेदनलाई महाधिवेशनको औपचारिक कार्यसूचीमा राख्न ओलीले अस्वीकार गरेका हुन्। थापाले पार्टी जीवनमा लोकतान्त्रिक अभ्यासको खाँचोबारे आफ्नै अध्यक्ष ओलीले उठाएका विषयहरूमाथि समेत छलफल गर्न चाहेका थिए। यद्यपि कार्यसूचीमा समावेश भए पनि अन्तिम समयमा आएर उनलाई बोल्न रोक लगाइएको हो।
यस घटनाले एमालेभित्र आन्तरिक आलोचनालाई दबाउने प्रवृत्ति बढ्दै गएको र नेतृत्वप्रति असहमति राख्ने अधिकार कुण्ठित भइरहेको आलोचकहरूले टिप्पणी गरेका छन्।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












