एमाले विधान महाधिवेशनः कर्ण थापाको फरक मत कार्यसूचीबाटै हटाइयाे !
काठमाडाैं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा फरक मत राख्ने अधिकारमै प्रतिबन्ध लगाइएको घटनाले पार्टीभित्रको आन्तरिक लोकतन्त्र गम्भीर संकटमा परेको संकेत देखिएको छ।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतलाई कार्यसूचीबाटै हटाइदिएका छन्।
थापाले पार्टीको आन्तरिक लोकतन्त्र, संगठनात्मक कमजोरी र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निरन्तरताजस्ता विषय उठाउँदै ३२ पृष्ठ लामो फरक मत तयार पारी पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए।
तर उक्त प्रतिवेदनलाई महाधिवेशनको औपचारिक कार्यसूचीमा राख्न ओलीले अस्वीकार गरेका हुन्। थापाले पार्टी जीवनमा लोकतान्त्रिक अभ्यासको खाँचोबारे आफ्नै अध्यक्ष ओलीले उठाएका विषयहरूमाथि समेत छलफल गर्न चाहेका थिए। यद्यपि कार्यसूचीमा समावेश भए पनि अन्तिम समयमा आएर उनलाई बोल्न रोक लगाइएको हो।
यस घटनाले एमालेभित्र आन्तरिक आलोचनालाई दबाउने प्रवृत्ति बढ्दै गएको र नेतृत्वप्रति असहमति राख्ने अधिकार कुण्ठित भइरहेको आलोचकहरूले टिप्पणी गरेका छन्।
Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...











